सम्पादकीय

सचेतनाको सन्देश छरौँ ।

कोरोना भाइरसको कोलाहलले अहिले विश्व त्रासमा रहेको छ । आजका मिति सम्म यसको सामान्य नियन्त्रण बाहेक अरु कुनै उपायको सत्य तथ्य बाहिर आउन सकेको छैन । विश्वको ध्यान महामारीको रुपमा फैलिएको कोरोनामा केन्द्रीत रहेको छ । बिकासको उच्च यात्रामा रहेका देशहरु समेत आज कोरोनाको त्रासबाट मुक्त हुन नसकेको जगजाहेरनै छ । यो समय भनेको विश्वकै मानव जातिको स्वास्थ्यप्रति एक अर्काले पु¥याउने स्वास्थ्य सन्देशनै हो । कोरोनाबाट बच्न सकिने उपायका बारेमा एकले अर्कालाई उचित परामर्श, सल्लाह र सहयोगबाट यसको तत्काल नियन्त्रण गर्न हामी सफल बन्न सक्छौँ ।
मूलत सरसफाई र संक्रमण भएकाहरुको उचित ब्यबस्थापन र उपचारनै यसको एक मात्र समाधानको बिकल्प बाहेक अहिले हामीसँग कुनै दोस्रो बिकल्प रहेको देखिदैन यसर्थ स्वास्थ्य सम्बन्धि विज्ञ र चिकित्सकहरुको सल्लाहलाई अपनाउने यसको सत्यतालाई सचेतनाको सन्देशको रुपमा प्रचार प्रसार गर्नुनै आज हामीसँग एउटा बिकल्प रहेको छ । अनाबाश्यक हल्ला र त्रासका समाचार सामाजिक संजालमा राख्नाले पनि कतिपय अन्यौलको सृजना भएको वास्तविकतालाई पनि हामीले ख्याल गर्न जरुरी छ । सामाजिक संजालमा मनोबैज्ञानिक रुपमा मानिसमा पर्न सक्ने असरलाई हेक्का नगरिकन गरिने पोष्ट र अपुष्ट सूचनाका कारण पनि एकप्रकारको भ्रम जन्मन पुगेको देखिन्छ । अत कोरोनाको संक्रमण र यसको नियन्त्रणका लागि आफुखुशी दिने परामर्श भन्दा पनि चिकित्सक र सम्बन्धित क्षेत्रका विज्ञहरुले दिएका सल्लाह र सुझावलाई एक अर्कामा सम्प्रेषण गर्न आबाश्यक हुन्छ । कोरोनाको फैलदो संक्रमणलाई नियन्त्रणका लागि सहि र सत्य सूचनाको सम्प्रेषणका लागि सबैले मेरो कर्तब्र्य हो भन्ने मानविय सेवा भावलाई आत्सात गरेर अघि बढौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button