स्वास्थ्य

कोरोनाले विश्वभर मर्नेको संख्या करिब ७० हजार नजिक , १२ लाख ६३ हजार संक्रमित

ललितपुर । कोरोना भाइरस (कोभिड १९)कारण विश्वमा मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने र संक्रमित हुने क्रम जारी छ ।
आईतवार विश्वभर एकै दिन करीब ५ हजार मानिसको मृत्यु भएको छ । यो सगैँ कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६९ हजार ३ सय ९ पुगेको छ ।
यसैगरि विश्वभर संक्रमितको संख्या १२ लाख ७० हजार पुगेको छ । कोरोना भाइरसका कारण बिमारी भएका हरुको निको हुनेको संख्या २ लाख ५९ हजार रहेको जोन हप्किन्स विश्व विद्यालयको तथ्याकंमा छ ।
पछिल्लो समय कोरोनाको केन्द्र बनेको अमेरीकामा दैनिक मृत्यु संख्या बढीरहेको छ । एकै दिन आईतबार मात्र एक हजार ५१ जनाको मृत्यु भएको छ । जस मध्य न्यूयोर्कमै मत्रै ५ सय बढी छन् । यो सगँै अमेरीकामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेकोभने अमेरीकामा ३ लाख ३५ हजार ५ सय २४ जना संक्रमित छन् ।
यसैबीच चरम संकटमा जादै गरेको न्यूयोर्कशहरमा आउदो बुधबारबाट भेन्टिलेटर सकिन लागेको भन्दै सहयोगको अपील गरिएको छ ।
न्यूयोर्कका मेयर बिल दे ब्लासियोले पत्रकार सम्मेलन गरी यो जानकारी दिदै सबैलाई सहयोगको अपील गरेका छन् ।
यसै गरी ईटालीमा ईटालीमा आईतबार विगतको दिन भन्दा कम मृत्यु भएको छ । करीब ५ सय जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य केन्दले जनाएको छ । ईटालीमा कुल मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ ।
त्यस पछि स्पेनमा मृतकको संख्या १२ हजार ६ सय ४१ पुगेको छ । संक्रमितको संख्यामा ईटालीलाई उछिन्दै स्पेनमा एक लाख ३१ हजार ६ सय ४६ पुगेको छ । जब कि ईटालीमा एक लाख २८ हजार मात्र छ ।
त्यस पछि धेरै संक्रमित जर्मनीमा छन् । जहाँ एक लाख २४ जना संक्रमित छन् भने मृत्यु दर कम छ । कुल मृत्यु १५ सय ७६ मात्र रहेको छ ।
यसै गरी फ्रान्समा ८ हजार बढीको मृत्यु भएको छ भने ९३ हजार ५ सय बढी संक्रमित छन् ।
ईरानमा ५८ हजार संक्रमित छन् भने ३६ सय ३ जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । आइतबार ६ सय २१ जनाको मृत्यु भएको छ । कुलमा ४ हजार ९ सय ४३ पुगको छ भने संक्रमित ४८ हजार भन्दा माथि छ ।
यसैगरि रुस, टर्की, स्वीजरल्याण्ड, क्यानडा, बेल्जियम, लगायतका मुलुकमा कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्न थालेको छ।
यस अघि कोरोना फैलिन शुरु गरेको चीनमा ८२ हजार संक्रमित थिए भने ३३ सयको मृत्यु भएको थियो । सामान्य केसहरु देखिए पनि महामारीको रुपमा चीनमा कोरोना रोकिएको यस अघि नै घोषणा भईसकेको छ ।
यता भारतमा कोरोना संक्रमण र मृत्यु तीव्र बन्न थालेको छ । कोरोना फैलिए देखिकै सबै भन्दा धेरै मृत्यु आईतबार भएको । आईतबार मात्रै भारतभर कोरोनाले २७ जनाको मृत्यु भएको छ । यो सगैँ। भारतमा मृत्यु हुनेको संख्या एक सय २४ पुगेको भने संक्रमितको संख्या एकै दिनमा ५ सय बढेर ४२ सय १८ पुगेको छ ।एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button