खेलकुद

नेयमार र मार्टिनेज अनुबन्ध गर्न बार्सिलोनालाई जाभीको सुझाव

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड तथा कतारी क्लब अल सादका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो पुर्व क्लब बार्सिलोनालाई आउदो समरमा ब्राजिली नेयमार र अर्जेन्टिनी लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्न सुझाव दिएका छन् ।

ब्राजिली नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा र मार्टिनेजलले इटालियन क्लब इन्टर मिलानमा उच्च प्रदर्शन गरिरहेका छन् । त्यसैले जाभीले मार्टिनेजलाई अनुबन्ध गर्न तथा नेयमारलाई पुनः क्लबमा फर्काउन सल्लाह दिएका हुन् । एक अन्तर्वार्ताका क्रममा जाभाीले बार्सिलोनाले मार्टिनेजलाई चासो देखाउनुमा कुनै अचम्म नरहेको समेत बताए ।

‘मलाई उनी मन पर्छ । उनी डिफेन्सबाट सर्तक् भएर खेल्छ । पासिङ पनि राम्रो छ । उनी खुला या क्लोज जुनसुकै अवस्थामा पनि खेल्न सक्ने क्षमताका छन् । बार्सिलोनाले उनलाई चासो दिनु स्वभाविक नै हो ।’ जाभीले भने । मार्टिनेजको मुल्य ९७ मिलिय पाउन्ड रहेको छ । २२ वर्षीय मार्टिनेजले यो सिजन इन्टर मिलानबाट ३१ खेलमा १६ गोल गरेका छन् ।

उनले आफ्नो अर्जेन्टिनी सहयात्री तथा कप्तान लियोनेल मेस्सीसँग क्लब फुटबलमा पनि सँगै खेल्ने मनासय बनाएका छन् । जसका लागि बार्सिलोनाले अघिल्लो समरमा अनुबन्ध गरेका फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनलाई साटफेर गर्न सक्नेछ । अर्काे प्रश्नमा जाभीले आफ्नो पुर्व सहयात्री नेयमारलाई बार्सिलोनाले फर्काउने प्रयास गरिरहेको र यसमा यसपटक सफलता प्राप्त गर्ने बताएका छन् ।

‘किन छैन । मैले उनीसँग ड्रेसिङ रुम शेयर गरेको छु । उनी निकै राम्रा छन् । उनी व्यावसायिक छन् । टिमका लागि उनले निकै राम्रो खेलेको थियो । म क्लबको विषयमा जान चाहन्न । तर, उनी (नेयमार) विश्वको पाँच उत्कृष्ट फरवार्ड मध्येको एक हो ।’ जाभाीले भने ।

२८ वर्षीय नेयमार २०१७ मा २२२ मिलियन पाउन्डमा विश्व कीतिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । चोट र इन्ज्युरीका कारण केही खेल गुमाएपनि नेयमारले यो सिजन २२ खेलमा १८ गोल र १० असिस्ट दिएका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button