खबर

किमको उपचारका लागि चिनियाँ डाक्टरको टोली उत्तर कोरिया प्रस्थान

एजेन्सी

उत्तर कोरियाली नेता किम जोंग उन गम्भिर विरामी भएको खबरका बीच चीनबाट डाक्टरहरुको एक टोली उत्तर कोरिया पठाइएको समाचार पनि बाहिर आएको छ ।

यसले किम जोंगको स्वास्थ्य स्थिति कति खराब छ भन्ने विषयमा धेरै अनुमान भइरहेको छ । तर यस विषयमा कुनै आधिकारिक जानकारी आएको छैन । यद्यपी केही दिन अघि मुटुसम्बन्धी समस्याका क्रममा शल्यक्रिया पछि किमको स्वास्थ्य धेरै विग्रेको समाचार आएको थियो ।

पछिल्लो जानकारीमा चीनले उत्तर कोरियाका लागि स्वास्थ्य विज्ञहरुको एक टोली पठाएको छ । उक्त टोली किम जोंग उनको स्वास्थ्य उपचारमा सल्लाह दिन पठाईएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । कम्प्युनिस्ट पार्टीको इन्टरनेसनल रिलेसन डिपार्टमेनटका एक वरिष्ठ सदस्यको नेतृत्वमा बेइजिंबाट कोरियाका लागि उक्त टोली पठाइएको रोयटर्सले जनाएको छ ।

यसअघि दक्षिण कोरियाको एक सुत्रले किम जोंग उन जीवितै रहेको र चाँदै सार्वजनिक हुने बताएको थियो । किमको स्वास्थ्य स्थिति ठीक नभएको तर त्यसको अर्थ उ धेरै नै अस्वस्थ र सार्वजनिक हुन नै नसक्ने स्थिति नभएको उक्त सुत्रले जनाएकोछ । यसअघि किम जोंग उन शल्यक्रियापछि अत्यन्तै अस्वस्थ भएको समाचार बाहिर आएको हो ।

किम विरामी भएको समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले पनि प्रतिक्रिया दिएका थिए । ट्रम्पले किम विरामी हो वा होइन भन्ने विषयमा पुष्टि वा खन्डन दुबै गरेको थिएन । उनले भनेका थिए, यो समाचार आइरहेको हो, मलाई केही थाहा छैन , म उनका लागि कामना गर्छु ।

किम जोंग आफना हजुरबुबाको जन्मदिनमा आयोजित कार्यक्रम अप्रिल १५ मा पनि सार्वजनिक देखिएका थिएनन् ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button