स्वास्थ्य

मलेसियामा थप ९ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं- मलेसियामा सुरक्षा गार्डका रुपमा कार्यरत ९ जना नेपालीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ।

पेतालिङजयास्थित चेरस मलमा कार्यरत ९ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

त्यहाँको स्थानीय संचार माध्यम ‘द स्टार’का अनुसार उक्त मलमा कार्यरत दश जनामा पोजेटिभ पाइएकोमा १ मलेसियन र बाँकी ९ नेपाली रहेका छन्। मलेसियाको स्वास्थ्य विभागले संक्रमित नेपाली सोही मलमा बस्ने गरेको बिहीबारको दैनिक ब्रिफिङमा जानकारी दिएको हो।

मलेसियामा यसअघि तीन नेपालीमा संक्रमण देखिएको थियो। त्यसमध्ये दुई नेपाली निको भएको दूतावासले जनाएको छ। एक जना उपचाररत छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button