मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो

ललितपुर। नेपालमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङ्ग जिल्लाको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देबकोटाले मोरोङका उनीसहित २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

डा देबकोटाले ब्रिफिङका क्रममा सुरुमा उनले थप १९ जनामा संक्रमण देखिएको जानकारी दिएका थिए। तर ,सोही क्रममा थप १ जनामा संक्रमण देखिएपछि उनले मोरङमा थप १ जनामा संक्रमण देखिएको र कुल संक्रमितको संख्या ५०७ पुगेको जानकारी दिएका हुन् ।

नेपालमा आज शुक्रबार मात्र बिहान ३० र दिउसो २० गरी ५० जना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button