सृजनाको चौतारी

मेरो देश

तारा पौडेल

कविता

मेरो देश किन किन आँसु झारी रुदै छ नि

मेरो देश किन किन आँसु झारी रुदै छ नि
सगरमाथा पग्लिएर थोपा चुदै छ नि
फर्की आऊ बुद्ध तिमी शान्ति छर्न फेरि पनि
बलभद्र जम्मीदेउ सिमा रेखा घेर्न भनी
धानका बाला लरि बरि झुल्ने तिम्रा खेत पनि
आज हेर बसि ढुङ्गा बगर बनि लडया छ्न नि
भन्थेउ तिमी भाइ भाइ हिडनु हात समाई
पोख्तै पसिना श्रमको खातिर उन्नति गर्न नै कमाई
उदयी बनि गर्न कठिन सविनय गर्नु पर्ने डराई
जात हामी नेपाली को नै छ र यहा् पराई
थिए महाकबि , आदि कती थिए शिरोमणि
सब मिले देश बन्ने पौरख गरे हामीले पनि
लक्ष्य राखे पुगिने चन्द्रमा गन्न थाले तारा पनि
असंभब त केहि छैन मिले मूल फूटाउन पनि
मेरो देश किन किन आँसु झारी रुदैछ नि
सगरमाथा पग्लीएर थोपा थोपा चुदै छ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button