कविता

तारा पौडेल
संस्कृति त भुल्नु हुन्न ।
संस्कृति त भुल्नु हुन्न जिबित राख्नु जहिले
भेष , भुषा , रितिरिवाज नबिर्सनु कहिले
हृदयमा अमिट राख्नु गाउँ घरको माया
बिर्सदैन प्रकृतिले आफू हिडने छायां
दौरा सुरुवाल साडी चोलो नेपालीको भेष
धेरै जना छोटो पार्छ्न कोहि पाल्छन केश
कस्तो आयो चलन पनि थरि थरी यहाँ
संस्कार पनि बिलय हुने नाना थरी जहा
लुगा पनि छोटा छोटा पाल्ने कपाल दारी
छोराछोरी फेसनमा बा आमा बोक्छ्न भारी
जुगले कोल्टे फेर्यो भन्दा कस्तो फेर्यो को नि रु
बाक्लो लुगा मन परेन पातलो भए हुने
दिक्क लाग्ने संस्कार आज लोप भएको देख्दा
असंम्भब छ सुर्यलाई हातले छेक्न खोज्दा
संस्कार आज तुइन लाग्यो अनेक थरि हुदै
भन्दा रहेछन बाबु आमा बृद्धाश्रममा रुदै
संस्कृती त भुल्नु हुन्न जिबित राखौ जहिले
भेषभुषा रितिरिवाज नबिर्सनु कहिले।


