
तारा पौडेल
गजल
गरेको बाचा नै नतोडे तिमिले
मलाई अँगाली नछोडे तिमीले
अन्तै जीन्दगी मोडेमा तिमीले
सफर बिचैमा नतोडे तीमीले
बसेको दिलमा जमेर तिमीले
बजार्दै मुटु नफोड तिमीले
छ पुष्प सरी झै नमार तिमीले
मनैको बगैचा सिगाँरे तिमीले
दिलैको बिछ्यौना सपारे तिमीले
अचानो नबन्दै नियाल्नु तीमीले
छोपेर बेदना हिँडेको तीमीले
सुखनै कती छ बुझेको तिमीले
गरेको बाचा नै नतोडे तिमीले
मलाई सँगाली नछोडे तिमीले
ईलाम(पशुपतिनगर)


