
शुभद्रा भट्टराई
कविता
मन जल्न बल्नु पर्दैन सलाई
बिना आगो नै
खाग हुन्छन् मन भित्रका
रहर जाँगरका बेर्नाहरू
बिना समिदाले नै
जलाउछन् मनका चरूहरू
जोर्नु पर्दैन मनको चुल्होमा आगो
मन आफै हो रापको भट्टी
ठोस्नु पर्दैन मनको
अगेनोमा दाउरा
भरोसा र विश्वासको
बन्धन टुटे पछि
आफै सल्कन्छ दन्कन्छ
पकाउँछ
मन र मन भित्रको सामान



