कृषि र किसान

देशभर धान रोपाइ ८२ प्रतिशत सम्पन्न, यहीक्रम रहे दुई साताभित्र शत प्रतिशत धान रोपाइ हुने

२०७७ श्रावण १
काठमाडौं। तेह्र लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ११ लाख १९ हजार ९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएअनुसार कुल क्षेत्रफलमध्ये ८२ प्रतिशतमा रोपाइँ सकिएको छ।

प्रदेश नम्बर १ मा करिव ७०, प्रदेश नम्बर २ मा ८३, बागमति प्रदेशमा ७२, गण्डकी प्रदेशमा करिव ८४, प्रदेश नम्बर ५ मा ८७, कर्णाली र सुदुरपश्चिम प्रदेशमा क्रमशः ८७ र ९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ।समयमै पानी परेका कारण यसवर्ष धान रोपाई धेरै भएको हो। अघिल्लो वर्षको तुलनामा यसवर्ष दोब्बरले धान रोपाइ भएको मन्त्रालयले जनाएको छ।

यसवर्ष ७ प्रतिशत धान उत्पादन बढ्ने अनुमान मन्त्रालयको छ।हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button