कृषि र किसान

किसानहरुमा कोभिडको प्रभाव र खाद्य सुधार प्रणालीको अवसरहरू के कस्ता छन्?

फाइल फोटो

२०७७ श्रावण १
काठमाडौं, १ साउन। स्कोलार काठमाडौंले ‘नेपालको कृषि प्रणालीमा कोभिडको प्रभाब, यसको असर र भविष्यमा खाद्यान्न सुधारको अवसर’ विषायक वेबिनारको आयोजना गरेको छ।

नेपालको वर्तमान कृषि संरचना, कोभिड महामारीबीच साना तथा ठूला व्यावसायिक कृषकको अवस्थालाई सम्बोधन गर्नुका साथै भविष्यमा खाद्य प्रणाली सुधारका लागि नीति तथा रणनीति निर्माणमा यस वेबिनारमा उठेका कुराहरुले सहयोग गर्ने रहेको छ।

वेबिनरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव सबनम शिवाकोटी, हिमालयन कृषि विज्ञान तथा टेक्नोलोजी कलेज (हिकास्ट)का संस्थापक तथा कार्यकारी अध्यक्ष डा.विनायक प्रसाद राजभण्डारी तथा नीरासका कन्ट्री मैनेजर डा.नीरंजन राजभण्डारीको सहभागिता थियो।

वेबिनारमा सहसचिब शिवाकोटीले कोरोना संक्रमणको अवस्थामा सानाभन्दा ठूला व्यावसायिक किसानहरु बढि मारमा परेको बताउछिन्। दुध, कुखुरा, तरकारी तथा फूलको व्यावसायिक खेती गर्ने किसानहरु बढि मारमा उनी बताउछिन्। ‘सरकारले उत्पादक–उपभोक्ताबीचमा हुने धेरै तहका बिचौलियाहरु कम गर्ने प्रयास गरिरहेको छ’, शिवाकोटी भन्छिन्, ‘स्थानिय तहसंगको समन्वयमा स्थानिय बजार तथा भण्डारणको व्यवस्था गर्न सकेमा धेरै राम्रो हुनेथियो।’

हिकास्टका अध्यक्ष डा.विनायकले कृषि क्षेत्रमा युवाहरुलाई रोजगारी श्रृजना गर्न सकिने बताए। उनका अनुसार यसकालागि जग्गाहरु भाडामा उपलब्ध गराइदिनुका साथै सस्तो व्याज वा विना ब्याजमा सरकारले पैसाको प्रवन्ध मिलाईदिन सके कृषिमा थप टेवा पुग्नेछ।
कृषिमा आत्मनिर्भर हुन नसकेको बेला कृषि रूपान्तरणको आवश्यकता औल्याउदै उनले भने, ‘त्यसैले जैविक चिया, कफी तथा अदुवा जस्ता उच्च मूल्यको बाली विस्तारगरी निर्यात गर्न सकिनेछ।’

त्यस्तै डा.नीरंजन राजभण्डारीले निर्वाह खेती प्रणाली कार्यान्वयन गर्न सरकारको नीति, रणनीति, योजना तथा पूर्वाधारमा ठूलो अन्तर रहेको बताए। भविष्यमा यस अन्तरको सुधारले मात्र कृषि क्षेत्रको उत्थान गर्न सकिने तर्क उनको छ। निर्वाहमुखी खेती गर्ने किसानसम्म अनुदान नपुग्ने तर्क गर्दै उनी भन्छन्, ‘अनुदानमार्फत रासायनिक मललाई प्रोत्साहन गर्नुभन्दा प्रत्यक्ष मौद्रिक सहयोग मार्फत जैविक खेतीतर्फ उन्मूख गराउनुपर्छ।’ के हो स्कोलर नेटवर्कर?

एससीओ कन्ट्री युथ प्लेटफार्म (स्कोलर नेटवर्क)हो, जुन १८ शंघाई कर्पोरेशन संस्थामा (एससीओ) युवा नेतृत्वकर्ताहरुलाई सँगै ल्याउन, संवादलाई बढावा दिन र क्षेत्रीय विकासमा योगदान पु¥याउने उद्देश्यको साथ स्थापना गरिएको छ। यस युवा प्लेटफार्मको मुख्य उद्देश्य एससीओ देशका युवाहरूले हाल सामना गरिरहेका विभिन्न चुनौतीहरूको समाधान गर्नु हो। स्कोलर काठमाडौं धेरै स्कोलर टीमहरु मध्ये एक हो र एक मात्र चीन बाहिरको विदेशी टोली हो।हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button