
सुभद्रा भट्टराई
कविता
आज मैले मेरो एउटा प्रिय मान्छे देखेँ
छट्पटीदैँ एकान्तमा रोइरहेको भेटेँ
आकाशतिर फर्किहेर्दा देखेँ जूनलाई
ताराहरूको भीडबाट भेटेँ उनलाई।
वायुवेगको भुमरीमा रूमल्यौ कि कतै
बादलले बुट्टाभित्र लुकायो कि कतै
झरेका ति असिनालाई मैले सोध्दै थिएँ
इन्द्रेनीका रङ्गभित्र रूप खोज्दै थिएँ ।
चाँदनीको घेराभित्र बिम्ब हेर्दै थिएँ
वनपाखा कन्दरामा पनि खोज्दै थिएँ
सिन्दुरसँगै पोते, चुरा पठाएझैँ लाग्छ
शीतसँग हीरा चिनो साटेजस्तो लाग्छ ।


