
तारा पौडेल
परिचयात्मक काव्य
घाँमको झुल्को पहिलो किरण पोखिएको ठाउँ
प्रकृतिको रसास्वादन गर्न इलाम जाऔ
बौद्ध गुम्बा , पशुपति बेला बखत घुम्ने
शान्ति खोज्दै पर्यटक नै यहाँ सधै झुम्ने
माई , जोग्माई ,देउमाई , पुवा , मयुँम नै पनि
बग्छ्न निर्मल नदिनाला प्राण पखेरु बनि
सन्दकपुरका डाँडा काँडा पुग्नु पर्ने छ नि
शव्द भाबमै इलाम छर्नु कबिले नै पनि
घुमाउरा ती शैल माथी मयुर नाच्ने कती
माईपोखरी , नयाँ बजार रमाइलो नै अती
सेतामगुरालि , बाहुन ,क्षेत्री जाति धेरै यहाँ
सदभाब गर्दै बस्ने पुर्खा अलग नभई जहाँ
नेपाल राम्रो इलाम जिल्ला मनमोहक ठाँउ
पाथीभरा ,गजुरमुखी , कन्याम घुम्न जाउँ
पहाडकि रानी इलाम कोइ कोइ बेला जाऔ
प्रेमकोहार बुझौसार साइनो तेय्ही लाऔ
घाँमको झुल्को पहिलो किरण पोखिएको ठाँउ
प्रकृतिको रसस्वादन गर्न इलाम जाऔ।
इलाम
सुर्योदयनगरपालीका ३
पशुपतिनगर


