सम्पादकीय

लकडाउनको औचित्य के ?

सम्पादकीय
झापाको मेचीनगर नगरपालिकाले सात दिनका लागि भनेर बिहिबारबाट लकडाउन जारी गरेको छ । समुदायमा फैलदो कोरोना संक्रमणको अवस्थालाई गंभीरतापूवर्क लिएर गरिएको लकडाउनलाई अन्यथा मान्न सकिदैन । तर, लकडाउन पूर्वको तयारी र लकडाउन पछिको कार्यक्रम के भन्ने विषयमा भने स्वयम् लकडाउन जारी गर्नेहरुनै अन्यौलमा त छैनन् भन्ने प्रश्न पनि आएको छ । समुदायमा कोरोना संक्रमण फैलिएकोले लकडाउन गरिएको भन्ने मात्र तर्क पेश गर्ने हो भने यो लकडाउनलाई आम नागरिकले कसरी बुझ्ने ? के लकडाउन गर्दा कोरोना हट्छ वा आम नागरिक आफसेआफ सुरक्षित बन्छन् त? पक्कै पनि यो चित्त बुझ्दो जवाफ हुदैन । सात दिनका लागि भनेर गरिएको लकडाउनको अवधिमा मेचीनगर नगरपालिकाले समुदायमा फैलदो संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षाका लागि कस्तो दु्रत कार्यक्रम संचालनमा ल्याएको छ र ल्याईरहेको छ यस विषयमा पनि नागरिकलाई जानकारी हुनुपर्ने हो । सात दिन भित्र कस्तो कार्यक्रम नगरले ल्याएको छ र यसको परिणाम कस्तो हुन्छ त्यो शायद यो सात दिने लकडाउन जारी गर्नेहरुलाईनै मात्रै थाहा होला । सबै तिर लकडाउन जारी भईरहदा मेचीनगरमा पनि गरौँ न त भन्नका लागि मात्र लकडाउन गरिएको हो भने त्यसमा भन्नु केही छैन । तर, लकडाउनको औचित्य पुष्टि हुने गरिको कार्य योजना सहितको कार्यक्रम छ भने यो सम्बन्धित पक्षलाईनै थाहा होला ।
अहिले सम्म पुरानै पाराको लकडाउनको शैलीले मात्र समुदायमा फैलिन शुरु भएको कोरोना संक्रमण पक्कै पनि नियन्त्रणमा आउँदैन । यो सात दिनेको समय अवधिमा कमसेकम आम नागरिकको सम्पर्कमा आएका पशल, फार्मेसी, वित्तिय संस्थाको पहिचान गरि पहिलो चरणमा उनीहरुको स्वाव परिक्षण गरिनु पथ्र्यो । यस क्षेत्रमा रहेका चिया बगानमा कार्यरत जो सामुहिक रुपमा काम गर्छन् र बारम्बार नजिकको सम्पर्कमा आउने गर्छन् त्यो समूहको पहिचान गरि परिक्षणलाई तिब्र बनाईनु पथ्र्यो र सीमा नाकामा थप कडाई गरिने पथ्र्यो यो विषयमा मेचीनगर नगरपालिका कति गंभीर छ हामीले त सुझाव गर्ने मात्र हो तर लकडाउनका लागि लकडाउन र केही त गर्दैछौँ भन्नका लागि मात्र गरिएको हो भने यसको कुनै औचित्य हुन्छ जस्तो लाग्दैन ।
विशेष गरेर दिर्घ रोगी, बालबालिका, बृद्धबृद्धा र बारम्बार जन सम्पर्क हुने कार्यालय र पसलहरुको छनौट गरेर पनि परिक्षण गर्न सकेको भए सात दिने लकडाउनको प्रतिफल सकारात्मकनै आउला भन्न सकिन्छ । े
नागरिकको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले सात दिने होइन आबाश्यक भएमा एक महिना पनि लकडाउन गर्नु पर्छ तर यो सँगै लकडाउनको औचित्य पनि पुष्टि हुने गरि कार्ययोजना बनाएर अघि बढ्न सके मात्र यसको औचित्यको सहि पुष्टि हुन्छ अन्यथा गरिस भन्दा गरेँ भन्ने जस्तो मात्र हुन्छ । यो विषयमा मेचीगनरपालिका अझ बढि सशक्त बनेर अघि बढोस भन्ने हाम्रो कञ्चन सुझाव मात्र हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button