सृजनाको चौतारी

कोरोना कहरले

गजल
तारा पौडेल
संसार सबै अँध्यारो पार्यो कोरोना कहरले
बाँच्ने रहर हुँदा पनि मार्यो कोरोना कहरले।

सुतेर बस्नु छ कस्को रहर बाध्यता पर्योनि
बिकास सबै शुन्यमा झार्यो कोरोना कहरले।

हात, मुख जोड्न धौ, धौ पर्ने त्यसै पो बसेमा
खोइ कता जाने विश्व चार्यो कोरोना कहरले।

गह भरि आँशु पारेर बसि आशानै बोकेर
शक्ति सम्पन्न राष्ट्रहार्यो कोरोना कहरले।

कलकारखाना बन्द भै सुके श्रोतका मुहान
बिकास त हुने समय सार्यो कोरोना कहरले।

भुषको आगो सल्केझै गरि सल्कियो पक्कै नै
छोड्छु भन्दै अघि बढदै टार्यो कोरोना कहरले।

सु न पा
पशुपतिनगर, इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button