
(फोटो गुगल साभार)
सुर्योदयको झुल्को सँगसँगै आफ्नो मनका उर्लिदा राग, अनुरागहरुलाई रोक्न सकिन तसर्थ यो बर्षको हरितालिका तिजको अवसरमा आफ्नो क्षमता अनुसारको मात्र पर्व मनाऔ ।
पर्वको कारणले गर्दा आर्थिक दुरुपयोग भै परिवार भित्र अशान्ति नआओस भन्ने संन्देश प्रवाह होस् भन्ने उदेश्य राखेर यो तिज बिशेष गजल हजुरहरु समक्ष पस्किन गई रहेछु ।
तारा पौडेल
गजल
लौ अब तिज आयो नारी रमाउँनु
जस्तो छ आफ्नो सारी मा रमाउँनु।
मन कस्को हुन्न र राम्रो भै सजिने
सन्तोष लियौ बोकि भारी मै रमाउँनु।
फुल झै हलुको पो मन छ नि तिम्रो
बसेर मेरो लौ त छारी मै रमाउँनु।
सकिन मैले यो साल गहना दिननै
जो छ त्यसैमा मन न मारी रमाउँनु।
जस्तो छ घर नखोलि है नभनि
गई माईत आँशु न झारी रमाउँनु।
अर्को साल बेहुली झै बनौलि तिमिनै
बिचार पहाडझै अटल पारी रमाउँनु।
बालबच्चा हेर्दै म बरु बसौला घरमै
जुँगा छैन मेरो लौ हेरेर दारीमै रमाउँनु।
इलाम


