सृजनाको चौतारी

नेताहरूको पारा

– आकाङ्क्षा लामा ‘जेनिशा’

खै कहाँ गए राष्ट्रवादका ती तिम्रा चर्का नारा
कन्सिरी ताती आउँछ देखी नेताहरूको पारा
फकाइफुल्याई मात्र गरी नेपाली जनतालाई
आफूचाहिँ धनी बन्दैछन् तिनी अरू के नै छ र ?

ल्याउँछु बजेट, बनाउँछु देश भन्दै खोकी हिँड्थे
अहिले पिउने पानीको समेत छैन गाउँमा धारा
केहीको अभाव हुन दिन्नँ भन्दै आशा देखाउँथे
डुबानमा पो पर्दैरैछन् अहिले चितवन, पर्सा, बारा ।

नेपाली सबलाई एक बनाउने हाम्रो अभिभारा
यो देशको मुहार फेरिएपछि खुसी हुन्छन् सारा
अघि है बढौँ सबै मिली यो युगको अन्त्य गर्न
बनाई देश बन्ने हो हामी आकाशका अमर तारा ।

 ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button