
कविता
ताम्रपत्र शिलालेख झैअमिट राख्नु वीरका गाथा।
अजर अमर हुन् सदा उच्च रहुन सगरमाथा।।
बलभद्र , भक्ति थापा अमर शहीदहुन् धर्मभक्त ।
गङ्गालालका रगतजति पोखिएथे छरपस्ट्।।
जन्माएथेउ नेपाल आमा वीर छोरा शुक्रराज।
जङ्गबहादुर जङ्गे पिलर भुल्नु हुन्न सदा सब।।
एकताका बैभव तिमी पृथ्वीनारायण , दशरथ।
इतिहासमा अमर रहुन गौरबशाली सबै पथ।।
सम्झि राख्नु आत्माहरु श्रदा सुमन ब्यक्त गर्न ।
शब्द भाव अर्पण गर्दै परि आए रगत दिन।।
शान्तिप्रीय नेपाल पहिले जोगाएथे वीरहरुले।
जिवित राखौ जन्म भूमि करोड तीन शिरहरुले।।
ताम्रपत्र शिलालेख झै अमिट राख्नु वीरका गाथा।
अजर अमर बनुन अझै उच्च रहुन सगरमाथा।।


