सृजनाको चौतारी

अश्रु थोपा झरेपछि।

गजल
तारा पौडेल ‘अविरल’
तिम्रो मनको बिछ्यौनामा उनको शिर परेपछि।
ढुकढुकि त बढने होला अश्रु थोपा झरेपछि।।

सप्तरंगिन इन्द्रेणीको सबै रङ्ग पोखिदिँदा।
मिर्मिरे पो बिहान हुन्छिन् तिम्रो मन सरे पछि।।

काली पनि उजेलिनै जवानीको फुल फुल्दा।
हावा हुरि सबै हटने उनले भर गरे पछि।।

घाम झुल्कि किरण पनि कतै खनिए झै जस्तो।
केहि सम्झेउ कि त बिर्सेउ जोवन तिम्रो टरेपछि।।

जुनेलिमा फुल छानी राखेउ कि पो दिन्छु भनि।
कस्ले लिएला निरसिलो चालीस पनि तरे पछि।।

मुटु झन् पो उफ्रे जस्तो जोर भाको सम्झनामा।
उनकै जीवन उज्यालियो तिम्ले प्रीत भरे पछि ।।

कोमल शरिर मुलायमनै सिमलको भुवा जस्तो।
सम्झना युगमै आलो हुने उनको जीवन मरे पछि।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button