सृजनाको चौतारी

कान्छी

गजल
ढाकानाथ खतिवडा
गाउँले मान्छे कान्छी म त गाई भैंसी पाल्छु
घाँससोत्तर काटछु कान्छी म त गोबर फाल्छु ।

बगैंचामा फलफूल सब्जी खेती गरेको छुँ
श्रम पनि गर्छु कान्छी म त मल नि हाल्छु ।

थोरै थोरै आम्दानी छ बेच्न पाउँदा खेरि
त्यही पैसाले कान्छी म त दुःखसुख टाल्छु ।

बिदेश गइन घरमै बसि यहीँ रमाएर
यहीमाटोमा कान्छी म त पसिना पो गाल्छु ।

अर्काको आश छैन मलाई आफैँ गर्छु काम
आफ्ना लागि कदम कान्छी म त आफै चाल्छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button