
गजल
चट्टान फोडी देउ मलाई तामा फलाम पित्तल सुन
जंगल झोडी देउ मलाई न्यानो छहारी शीतल जुन ।
यो तिम्रो सामिप्यता मलाई स्वाद योग्य बनोस सधै
अलिनो तोडी देउ मलाई मिठो परिकार सँगै नुन ।
नआओसमनमा कहिल्यै मडारिने बिषका बादल
खुशीमा मोडी देउ मलाई नपरोस म कहिल्यै रून ।
केवल तिम्रो मात्र बनौ यो जीवनका हरेक पलमा
मायामा जोडी देउ मलाई कसैले न सकोस छुन ।
दुरमा गए पनि मनलाई तिमी सँगै बाधी राखेर
छायामा छोडी देउ मलाई


