विचार

येशू ख्रीष्टको वास्तविकता

होमराज राई

येशू ख्रीष्ट जो त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ । उहाँ कार्यान्वयनकर्ता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर योजनाकार हुुनुहुन्छ, पुत्र परमेश्वर कार्यान्वयनकर्ता हुनुहुन्छ र पबित्र आत्मा परमेश्वर सामथ्र्य दिने हुनुहुन्छ ।
येशू ख्रीष्टको अस्तित्व
उहाँ संसारको सृष्टि हुनुभन्दा पहिले देखिनै अस्तित्वमा हुनुहुन्थ्यो । यूहन्ना १७ः५मा लेखिएको छ,–“अब हे पिता, संसारको सृष्टि हुनअघि तपाईको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस् ।”
उहाँ संसारको सृष्टिभन्दा पहिले पनि हुनुहुन्थ्यो र अब संसारको अन्त्यसम्म वा पहिलो समयदेखि पछिल्लो समयसम्म हुनुहुन्छ । सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, पहिलो र पछिल्लो म नै हुँ । मबाहेक अरु परमेश्वर छैन, यशैया ४४ः६ ।” उहाँ अल्फा र ओमेगा हुनुहुन्छ । जसको मतलव उहाँ मानव इतिहासको सुरुवात र अन्त हुनुहुन्छ, प्रकाश १ः८ ; २१ः६; २२ः१३; कलस्सी १ः१७ ।”
मानिसको रुपमा पृथ्वीमा आउनुभन्दा अघिदेखि येशूको उक्त अस्तित्वलाई नै येशूको पूर्व–अस्तित्व भनिन्छ ।
उहाँ कार्यान्वयनकर्ता
पिता परमेश्वर योजनाकार हुनुहुन्छ । त्यही परमेश्वर पिताले तयार पार्नुभएको योजनालाई कार्यान्वयन गर्ने काम येशूले गर्नुहुन्छ ।
यूहन्ना १ः१–३ मा यसरी लेखिएको छ,–“आदिमा बचन हुनुहुन्थ्यो, बचन परमेश्वरसंग हुनुहुन्थ्यो, अनि बचन परमेश्वर हुनुहुन्थ्यो । उहाँ आदिमा परमेश्वरसंग हुुनुहुन्थ्यो । सबै थोक उहाँद्धारा बनिए, र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन ।”
उहाँद्धारा नै समस्त सृष्टि रच्नुभयो र उहाँलाई नै सम्पूर्ण अधिकार दिनुभएको छ ।
शासन उहाँको हातमा
येशू ख्रीष्टले सबै सृष्टिमाथि शासन गर्नुभई तिनीहरुको उचित प्रवन्ध गर्नुहुन्छ । र उहाँले मानिससंग प्रत्येक्ष सम्बन्ध निर्माण गर्नुहुन्छ ।
उहाँले सारा सृष्टिमाथि शासन गर्नुभएको छ, तिनीहरुको प्रवन्ध गर्नुभएको छ, अनि तिनीहरुमाथि हस्तक्षेप गर्दै तिनीहरुको जीवन र मृत्युमाथि रेखदेख गर्दै सबैको भाग्य र दुर्भाग्य निर्धारण गर्नुभएको छ ।
उहाँले सबै सृष्टिमाथि शासन गर्नुहुन्छ, (भजन १०३ः१९) । उहाँले सृष्टि गर्नुभएको विशाल ब्रह्माण्ड छ, आधुनिक बिज्ञानले यसको नापसमेत गर्न सकेको छैन । परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर गर्नुभएको छ, र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ ।
मीका ५ः२ मा लेखिएको छ,–“तर ए बेथलेहेम एप्राता, त यहूदाका कुलहरुमध्ये सानो भए तापनि तँबाट मेरा निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको शुरु पुरानो समयदेखि अर्थात प्राचिनकालदेखि नै छ ।”
मानिसलाई सृष्टि गर्नुको उद्धेश्य
परमेश्वरले सबै थोक अनि मानवजातिलाई उहाँले आप्mनै महिमाको निम्ति सृष्टि गर्नुभयो । परमेश्वरको महिमा गर्नु भनेको उहाँको बिशेषताहरुको अभिब्यक्त गर्नु हो । यो उहाँको यो एक महत्वपूर्ण बिशेषता हो । र यो केवल उहाँको लागि मात्र हो । उहाँ मात्र सबैभन्दा उच्च हुनुहुन्छ –भजन ११३ः४; १४८ः१३ ) अनि उहाँको मात्र सदासर्वदा महिमा गरिन्छ,(१तिमोथी १ः१७ ; यहूदा १ः२५) । सारा संसार परमेश्वरको महिमाले ब्याप्त छ । जब हामी उहाँको सृष्टिलाई नियालेर हेर्छौं, आकाश, पृथ्वी, तारा–मण्डलहरुले समेत उहाँको महिमा गर्दछ । उहाँ मानिसहरुको पापको निम्ति त्रूmसको बलिदान हुनुभएको अद्भूद घटनाले परमेश्वरको महिमाको रुपमा प्रकट भएको छ ।
त्यसैले हामीले उहाँको महिमा गर्नुपर्दछ । तर बाहिरी देखावती मात्र होइन, परमेश्वरको महिमा, आराधना र प्रशंसा गर्नु भनेको हाम्रो हृदयको गहिराइ वा अन्तस्करणदेखि परमेश्वरको आराधना गर्नु हो ।
सृष्टि गरिएका सबै थोकहरु त्रिएक परमेश्वरको प्रशंसा, आराधना र महिमा गर्नको निम्ति सृष्टि गरिएका हुन् (यशैया४३ः७,२१ र कलस्सी १ः१६ ) ।
बुभ्mन पर्ने कुरा के हो भने उहाँको सृष्टिको उद्देश्य हामीले पुरा गरिरहेका छौं त ? हामीले लगनी गरेर कुनै खोलामा पुल निर्माण गर्यौ त्यसको उद्देश्यभ भनेको मानिसहरु त्यही पुलबाट वारिपारी गरोस् खोलाले नबगाओस भन्ने हो तर मानिसहरु पुलबाट नगएर खोलाबाटै पारिजाने र धेरै जनालाई खोलाले बगाएर लाँदा त्यो पुलको कुनै मतलव भएन र निर्माणकर्ताहरुलाई दुःख नलाग्ने कुरै भएन, त्यस्तै उहाँ उद्देश्य उहाँको महिमा, आराधना र प्रशंसा गर्नुलाई मानवजातिलाई सृष्टि गर्नुभएको हो । आज हामीले उहाँको सृष्टिको उद्देश्य हामीले पुरा गरिरहेका छौं । हामी अति सुष्म प्राणी हौं, उहाँ कति महान र महिमित हुनुहुन्छ भन्ने तथ्यलाई इमान्दारीसाथ स्वीकार्नु पर्दछ । उहाँ कति महान हुनुहुन्छ, सृष्टिकर्ता परमेश्वरले दृष्य र अदृष्य सबै थोकहरु सृष्टि गर्नुभयो । उहाँले स्वर्गहरु (आकाशमण्डल), पृथ्वी, दिन–रात, बिभिन्न जिव–जन्तुहरु, बोट–बिरुवाहरु र मानिस आदि सृष्टि गर्नुहुने परमेश्वर कति महान हुनुहुन्छ ।
कलस्सी १ः१६ मा लेखिएको छ,–“किनकि उहाँमा नै सबैथोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृष्य र अदृष्य थोकहरु, चाहे सिंहासनहरु, चाहे प्रभुत्वहरु, चाहे प्रधानताहरु, चाहे अधिकारहरु, सबै थोक उहाँद्धारै र उहाँकै निम्ति सृजिएका हुन ।”
परमेश्वरले संसार सृष्टि गर्नुको स्पष्ट उद्देश्य थियो, (हितोपदेश १६ः४ )। र उहाँको उद्देश्य अनन्तसम्म रहनेछ, (भजन ३३ः११) ।
त्रिएक परमेश्वर अनन्तदेखि अनन्तसम्म अस्तित्वमा रहनुहुन्छ । उहाँको सिंहासन सदासर्वदाको निम्ति रहिरन्छ, (भजन ४५ ः६ ), उहाँको शक्ति अनन्त छ, (रोमी १ः२०), उहाँको प्रेम अनन्तसम्म रहिरहन्छ,(भजन १३६ः५) र उहाँको राज्य अनन्तसम्म र शासन पुस्तौंसम्म रहिरहन्छ (भजन १४५ः१३) ।
त्यसैले हामी मानवजातिहरु उहाँको सृष्टिको उद्देश्यअनुसार जिउनैपर्छ ।
येशूलाई संसारमा पठाउँनुभयो ।
आदमले पाप गरेपछि त्रिएक परमेश्वरको बैठकले पुत्र (येशू) लाई स्त्रीको सन्तानको रुपमा मानव शरीरको अवतार बनाएर पठाउने निर्णय गरियो । “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शीर कुच्च्याउनेछ, र तैले त्यसको कुर्कुच्चो डस्नेछस्, उत्पत्ति ३ः१५ ।” यही घोषणा गरिएको बचनको आधारित त्रिएक परमेश्वरले पूर्णरुपमा भ्रष्ट भएका मानवजातिलाई बचाउन करिव चार हजार बर्षपछि मुक्तिको योजना पुरा गर्नुभयो ।
परमेश्वरले उक्त निर्णय यशैया अगमबक्तालाई बताउँनुभयो, (इ.पू.७००), जुन यस प्रकार छ,–“यसैकारण परमप्रभु आफैले तिनीहरुलाई एउटा चिन्ह दिनुहुनेछ, हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ,–यशैया७ः१४ ।”

अधिकार दिनुभएको छ ।
येशूसंग स्वर्गहरु र पृथ्वीको (अतलकुण्ड पनि) सारा अधिकार भए तापनि ती सबै अधिकार परमेश्वर पिताले दिनुभएको हो भनि येशूले भन्नुभयो। तब येशूले तिनीहरुलाई भन्नुभयो,–“स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ, (मत्ती २८ः१८) ।” , “किनकि तपाईले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दिओस्, यूहन्ना १७ः२ ।” येशूको अधिकार सारा सृष्टिमाथि छ । तेस्रो स्वर्गदेखि अतलकुण्डसम्मको सम्पूर्ण सृष्टिलाई व्यवस्थित र सुरक्षित गर्ने अधिकार परमेश्वर पिताले उहाँको हातमा सुम्पिनु भएको छ ।
त्यतिमात्र होइन, परमेश्वर पिताले येशू ख्रीष्टलाई संसारको न्याय गर्ने अधिकार पनि दिनु भएको छ । येशूले आफूले पाएका अधिकारद्धारा यो संसारको अन्तमा सबै मानिसहरुको न्याय गर्नुहुनेछ । “अनि येशूलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनकि ऊ मानिसको पुत्र हो, (यूहन्ना ५ः२७ ) ।”
अन्तिम न्यायको मुख्य न्यायकर्ता येशू हुनुहुन्छ भन्ने तथ्य हामी धर्मशास्त्रमा पाउँछौं । तर उहाँले यो कुरा देखाउनु हुन्न । बरु उहाँले आफूलाई नम्र तुल्याएर न्याय गर्ने उक्त अधिकार परमेश्वर पिताले दिनुभएको हो भनि येशूले भन्नुहुन्छ ।
परमेश्वरले येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ, त्यसैले सबैथोक उहाँको हातमा सुम्पिनुभयो । “पिताले पुत्रलाई प्रेम गर्नु हुन्छ,र सबै थोक उहाँकै हातमा दिनुभएको छ । जसले पुत्रमाथि बिश्वास गर्छ, त्यससित अनन्त जीवन छ । जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेरहन्छ, यूहन्ना ३ः३५–३६ ।”

येशूको मानवता
येशू ख्रीष्ट परमेश्वरको दोस्रो ब्यक्ति हुनुभएतापनि उहाँ मानिस भएर संसारमा आउनुभयो । उहाँँँँँँँँँँँँँँँँँँँँँँँँँँ पूर्णरुपमा परमेश्वर अनि पूर्णरुपमा मानव हुनुहुन्छ । मानवय तर्क र बुद्धिले यो कुरा बुभ्mनलाई गाह्रो छ । तर हामीले आप्mनो आत्मिक आँखाहरु खोलेर गहिरिएर हेर्दामात्र त्रिएक परमेश्वरको महत्व, महानता, सशक्त सम्बन्ध र महान पे्रमलाई बुभ्mन सक्छौं ।
आदमको पापको पतनपछि त्रिएक परमेश्वरको बैठकले पुत्र(येशू) लाई स्त्रीको सन्तानको रुपमा मानव अवतारमा पठाउँने निर्णय गर्नुभयो । बाइबल उत्पत्ति ३ः१५ मा यसरी लेखिएको छ,–“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैले त्यसको कुर्कुच्चो डस्नेछस् ।”
उहाँले मानव देह धारण गरेर यस संसारमा आउनुभयो । र उहाँले आप्mनो सम्पूर्ण ईश्वरत्वलाई पूर्णरुपमा रित्याउनुभएर पूर्ण मानिस भई आउनुभयो । “तर आफैलाई रित्याईकन कमाराकोे रुपधारण गरेर तथा मनुष्य भएर जन्मनु भयो,–फिलिप्पी २ः७ ।”
येशूले आपूmलाई मानिसको पुत्र भन्नुभयो, जसको अर्थ आपूmलाई पूर्णरुपमा ईश्वरत्वबाट रित्याएर पूर्णरुपमा मानिसरुपधारण गर्नु भएकोले यो कुरा भन्नुभएको हो । “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोहि पनि स्वर्गमा उक्लेको छैन ।”
येशू ख्रीष्ट कन्या मरियमबाट नै जन्मनु
येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ, उहाँमा कुनै पाप छैन । यदि येशू ख्रीष्ट पनि अरु मानिसहरु जस्तै पुरुषबाट जन्मनुभएको भए उहाँ पनि अरु मानिससरह पापी हुनुहुनेथियो । तसर्थ उहाँ स्त्रीको सन्तान भएर जन्मनुभयो । पुरुषको सन्तान भनेर येशूलाई भनिएन । “तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु , उत्पत्ति ३ः१५।”
येशू ख्रीष्टमा मानिसको पाप नपरोस् भनेर उहाँ कन्या मरियमबाट जन्मनुभयो । उहाँले आप्mनो ईश्वरत्व पूर्णरुपमा रित्याउनुभयो र सिद्ध मानवता लिएर शरीरमा सिद्ध मानिस बन्नुभयो,(फिलिप्पी २ ः५–७ ) । परमेश्वरले पूर्णरुपमा पापको कारण भ्रष्ट भएका सारा मानवजातिलाई बचाउन उहाँ कन्या मरियमको कोखबाट पबित्र आत्माको सामथ्र्यमा जन्मनुभयो ।
येशू बप्तिस्मा लिएर पानीबाट माथि उठ्दैहँुदुा पबित्र आत्मा ढुकुरको रुपमा उहाँमा ओर्लिआउनुभयो र स्वर्गबाट परमेश्वर पिताको आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु , मत्ती ३ः१७ ।” यहाँ परमेश्वर पिताले परमेश्वर पुत्रको गवाही दिनुभएको छ । वास्तवमा कन्या मरियमको कोखबाट जन्मनुहुने “येशू” परमेश्वर पुत्र नै हुनुहुन्छ भन्ने स्पष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button