११ पुष २०७७, शनिबार
धादिङ ।
परिवारबाट बिछोडिनु भएकी सिन्धुपाल्चोक घर बताउने ३५ वर्षीया पार्वती माझी अहिले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकोषमा बस्दै आउनु भएको छ ।
भुकम्पपछि मानसिकसमस्याभोग्दै आउनुभएका माझी घरबाट हराएर ४ वर्षअघि धादिङको सडकमा आउनुभएको थियो । धादिङबेसी बजारमा देखिँदा पार्वती माझी फोहोरको थुप्रोसुत्ने, जथाभावी हिड्नेर फोहोर टिपेरखाने अवस्थामा हुनुहुन्थ्यो ।
बजारको चोक र चौतारोमा रात बिताउने पार्वती माझीलाई पुछारबजारमा होटल व्यवसाय गर्दै आउनु भएका कालीमायाँ श्रेष्ठले आफैँले पालेर राख्नुभयो ।
घरमा बन नमान्दा होटलको प्यासेजमा खाट ल्याएर राखेर औषधी उपचार गराउनु भयो। हालसम्म पनि घरको वास्तविक ठेगाना बताउन नसक्ने भएकोले पारिवारको खोजी गर्न सकिएन । होटल छाडेर एउटा घरभाडामा बस्दा पनि आफूँसंगै राखि आएकोले आफूलाई समस्या परेको भएपनि समाधान नभएको संरक्षणकर्ता श्रेष्ठले बताउनु भएको छ ।
पहिले एकोहोरो टोलाउने, आफू कताबाट कसरी आएको बताउन नसक्ने अवस्थामा आइपुगेकी पार्वतीलाई औषधी उपचार समेत गर्दै आएपछि अहिले लाए अराएको काम गर्ने अवस्थामा हुनुहुन्छ । नियमित औषधी सेवनले ठिक हुनुभएका पार्वती माझी अब घर जान चाहनुहुन्छ। तरउहाँको घर ठेगानार आफन्तबारे अझै जानकारी राख्न सक्नु भएकोछैन ।
समाजका मानिसले नराम्रो दृष्ट्रिले हेरेपनि एक जना मानिसलाई बचाउन सकिएकोमा उहाँ खुसी त हुनुहुन्छ तर सधैँ आश्रय दिएर राख्न नसक्ने अवस्था आएको बताउनुहुन्छ ।परिवारर आफन्तलेयति धेरैसमय किन नखोजेको भन्ने चिन्तासंगै मानविय धर्म गर्दा गर्दै पनि परिवारखोज्न नेपाली नागरिकहरुलाई कालिमायाँ श्रेष्ठ आग्रह गर्नुहुन्छ ।न्युज अफ नेपाल,



