११ पुष २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
शनिबार काँकरभिट्टास्थित काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्ट रहेका थिए ।
महासचिव बिष्टले प्रधानमन्त्री ओलीद्वारा गरिएको संवैधानिक ‘कु’ विरुद्ध पत्रकार महासंघले कडा विरोध गर्ने बताए । बिष्टले प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ ढकाल्ने काम भयो’– महासचिव बिष्टले भने – ‘पत्रकार महासंघले जहिल्यै सत्ताको प्रतिपक्षमा रहेर काम गर्ने समेत बताए ।’

सो कार्यक्रममा लेखा समिति संयोजक रोशन पुरी, एक नम्बर प्रदेश महासंघका अध्यक्ष बिक्रम लुइटेल, मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिल्मिसिना, मेचीनगर लेडी जेसिजकी अध्यक्ष तुलसा दंगाल, लायन्स क्लब झापा अध्यक्ष शंकर थापा, पत्रकारजन्य संगठनका नेताहरु भिमा शिवाकोटी, इन्दु पुर्वेली, मुक्ति पौडेल, रञ्जित प्रसाई, देशराज नेम्बाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सचिव सन्तोष आचार्यले सांगठानिक र कोषाध्यक्ष इश्वर अधिकारीेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले बन्दसत्रमा उठेका विभिन्न विषयमा अध्यक्ष मण्डलका संयोजक कृष्ण हुमागाई लगायतले कार्यसमितिसँग छलफल गरेर टुंगाउने सहमति गरेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष एकराज गिरी र सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।



