कृषि र किसान

बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

काठमाडौं,फागुन १४, २०७७
छिमेकी जिल्ला सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।

काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने बताइरहेको छ । यही बेला दुई दिनको अन्तरालमा भारतबाट अवैध रूपमा ल्याइएका १४ क्विन्टल अवैध कुखुरासहित सात मोटरसाइकल र सात तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको छ । सिमानामा खटिएको सशस्त्र प्रहरीले बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाबाट १४ क्विन्टल अवैध कुखुरा, मोटरसाइकल र तस्करलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी टोलीले बुधबार डुडुवा गाउँपालिका–१, पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको हा । टोलीले कुखरासहित सात मोटरसाइकल र सात तस्करलाई समेत पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिए । गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button