सृजनाको चौतारी

विद्रोहको निरन्तरता !

(सन्दर्भ सहिद सप्ताह)


हामी उस्तै छौँ
हिजो जस्ता थियौँ आज त्यस्तै छौँ
तिमी भन्छौ अब विद्रोह पर्दैन
हामी भन्छौँ अझै बाँकी छ
सबै उस्तै छ, सबै उस्तै छन्
जस्ताका तस्तै छन्
भोक उस्तै छ, शासन उही छ
रासन उही हो, भाषण त्यही हो
तिमी भन्छौ अब विद्रोह चाहीदैन
हामी भन्छौँ अझै चाहिन्छ
सुखानीलाई सोध, जलजलालाई सोध
सिस्ने र भिमानलाई सोध
उनीहरु पनि त्यही भन्छन् अर्थात विद्रोहको निरन्रता
तिम्रो अन्यायी दुँनियाँमा तिमी आजाद छौ होला
तर हामी कैद छौँ अझै कैदी कै रुपमा छौँ
तिमी र तिमीहरु केही थानहरुलाई विद्रोह त्रास बनेको होला
तर, हामी र हामी धेरैलाई विद्रोह प्राण बनेको छ
विद्रोह हाम्रो बाध्यता हो, विद्रोह हाम्रो अधिकार हो
सबै जस्ताको तस्तै छ
विद्रोह पनि जारी नै छ
तिम्रो जाली शब्दमा फगत प्रलोभन र छलछामको पोतो मात्र छ
उत्पिडन र अभाव उस्तै छ
असमानता र ठालुतन्त्र उही छ
नोकरहरुको उत्पादनमा मालिकहरुको यात्रा छ
हामी जस्ताका तस्तै छ
तिमी केही थानको लुटको राज्य छ
हाम्रा कथा र ब्यथा उहीछन्
तिमीले त भन्नै पर्छ
अब विद्रोहको अर्थ छैन
तर, हामीले त गर्नै पर्छ विद्रोह हाम्रो आजादी हो
विद्रोह हाम्रो अधिकार हो, अर्थात विद्रोह हाम्रो निरन्तरता हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button