सृजनाको चौतारी

२३ औं सांस्कृतिक प्रतिरोध दिवस इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भव्यरूपमा सम्पन्न

२०७७ चैत्र ६
– रनसुर महतरा

काठमाडौं । जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा २३ औं सांस्कृतिक प्रतिरोध दिवस इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भव्यरूपमा मनाइएको छ।
महान् जनयुद्धका क्रममा काभ्रे जिल्लाको अनेकोटमा भएको कलाकारहरूको सामूहिक हत्याकाण्डको दिनमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ।
यस बर्ष पनि जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम प्रतिष्ठानमा गरियाे।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य किरणकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रमकाे अध्यक्षता जनसाँस्कृतिक महासङ्घका उपाध्यक्ष डा.जगदिश भण्डारीले गर्नु भएकाे थियाे । कार्यक्रममा विशेष अातिथ्यता पार्टीका पाेलिटव्यूराे सदस्य तथा बागमती प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले गर्नु भएकाे थियाे भने सञ्चालन केस एवम् प्रतिष्ठान अध्यक्ष तथा जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणि दुःखीले गर्नुभएको थियो। पार्टीका अन्य नेता कार्यकताहरूकाे पनि बाक्लाे उपस्थिति रहेकाे थियाे ।
क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणले कार्यक्रमलाई सम्बाेधन गर्दै अझै क्रान्ति पुरा नभएकाे र फेरि क्रान्ति गरेर जनगणतन्त्र तथा वैज्ञानिक समाजवादसम्म पुग्ने र शहीद,वेपत्ता,घाइते येद्धाहरूकाे रगत खेर जान नदिने बताउनु भयाे ।
त्यस्तै उहाँले शहीदहरुकाे रगतकाे आहालमा पाैडिएर सरकारमा पुगेका अवसरवादी गद्दारहरूकाे जति भर्सना गरे पनि कम हुने पनि बताउनु भयाे ।


उहाँले दशवर्षे जनयुद्धले एमालेहरूलाई सरकारमा जान चिट्ठा परेकाे र दशवर्षे जनयुद्धले केही पनि गरेन भन्न र १९ दिने जनआन्दाेलनले लाेकतन्त्र,गणतन्त्र ल्यायाे भन्न तिनीहरूलाई लाज लाग्नु पर्ने हाे भन्नुभयाे ।
उक्त कार्यक्रममा दिनेश शर्मा, ताराकान्च पाण्डे मन्तव्य राख्नु भएकाे थियाे भने प्रा.डा. जगदीश चन्द्र भण्डारी, बलराम तिमिल्सिना, विष्णु भण्डारी, विष्णु न्याैपाने, वसन्त बाेगटी, गाैरी देवकोटा, विमला चन्द, सुजिता परियार, इन्दिरा अधिकारीलगायतले कविता, गजल वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रममा कवि मित्रलाल पंगेनीले स्वागत गर्नु भएकाे थियाे । साँस्कृतिक सहिद च्याङ्वा लामाका दुई छाेरी मसली लामा र रामसली लामा लाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा सामना परिवारका कलाकार तथा जनगायक माेहित श्रेष्ठले गीत प्रस्तुत गर्नुभएकाे थियाे ।moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button