खबर

भारतको ग्वालियरमा भएको सडक दुर्घटनामा परी १३ को मृत्यु

१० चैत्र २०७७
newsofnepal
नयाँ दिल्ली ।

भारतको मध्य प्रदेशस्थित ग्वालियरमा मंगलबार बिहान भएको सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा १२ महिलासहित १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button