
११ चैत २०७७
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यसमितिको आगामी निर्वाचनमा नेकपा (एमाले)र राप्रपाको गठबन्धनमा उम्मेद्वार तय गरिएको छ । आउँदो चैत २१ गते हुने समितिको नयाँ कार्य समितिका लागि गठबन्धनका उमेद्वारको नाम आज सार्वजनिक गरिएको हो ।
नेकपा (एमाले)मेची नगर कमिटिका अध्यक्ष राजु पोखरेलले चौतारी पोष्ट अनलाइनलाई बताए अनुसार काँकरभिट्टा खानेपानीको आउँदो निर्वाचनका लागि गठबन्धनका तर्फबाट अध्यक्षमा राजकुमार पराजुली अध्यक्षका उमेद्वार बनेकाछन् । पोखरेलका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला, कोषाध्यक्षमा हेमा सिटौला रहेकाछन् भने सदस्यहरुमा प्रितम काफ्ले, नारायण काफ्ले,रविन राउत र महिला सदस्यमा मिनमायाँ लिम्बू(सुब्बा) र दुर्गा भेटवाल रहेकाछन् ।यसैगरि लेखा समितिको संयोजकमा जिवन थापा रहेकाछन् भने सदस्यमा नारायाण सुनवार(टोलबहादुर सुनवार) र सिता राई रहेकाछन् । आउँदो चैत २१ गते हुने समितिको नयाँ कार्य समितिका लागि एमाले र राप्रपाको संयुक्त गठबन्धनमा उमेद्वार तय गरिएको एमाले मेचीनगर कमिटिका अध्यक्ष राजु पोखरेलले बताए ।




