स्वास्थ्य

वीरगन्जमा थप एक कोरोना संक्रमितको ज्यान गयो

५ बैशाख २०७८
newsofnepal
कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो ।नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

ज्वरो , खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिवार नै दिउसो उनलाइ नारायणी अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यहि उपचारका क्रममा उनको आज दिउसो मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

यसअघि गत बिहीबार पनि नारायणी अस्पतालमै वीरगन्ज २ की ४२ बर्षीया संक्रमित महिलाको मृत्युु भएको थियो ।गत मङगलवार पनि नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरि २ जना संक्रमितको मृत्यु भएको थियो । सोमबार पर्साका १ जना संक्रमित पुरुषको चितवनको भरतपुरमा मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरि ५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button