सम्पादकीय

हामी आफै सजग बनौँ

यस अघिकै कोरोना लहरले थाङ्थिलो बनेको दुनियाँ फेरि दोस्रो लहरको रुपमा आक्रामक रुपमा आएको कोरोना संक्रमणको भयावह लहरले एक प्रकारको त्रासमा चलेको छ । कोरोनाको पहिलो खेपले नै चौतर्फी रुपमा असर पारेको विश्वलाई झन् तिव्र रुपमा आएको यो दोस्रो कहरले यसै पनि त्रसित पार्ने नै भयो । छिमेकी मुलुक भारत अहिले दोस्रो चरणमा आएको कोरोनाको शिकार जस्तै भएको छ । भारत जस्तो विश्व शक्ति राष्ट्रको यात्रामा यात्रारत देशले आज कोरोना संक्रमणलाई धान्न धौधौ परेको छ ।
विश्वब्यापी रुपमा बढ्दो कोेरोना संक्रमणको यो भयावह अवस्थाबाट बच्नका लागि हाम्रो जस्तो भर्खरै विकासको कछुवा गतिमा हिड्ने गरेका देशलाई त झन् धेरै नै समस्याले गाँजेको छ । विगतमा भन्दा अहिले हाम्रो देशमा कोरोना संक्रमणको दर बढ्दो मात्रमा छ । सामान्य विमारी पर्दा स्वास्थ्य उपचार गर्न असमर्थ आम नेपालीका लागि कोरोना महा भयकै रुपमा देखिएको छ । तर, समस्या आयो भन्दैमा यसबाट भाग्ने भन्दा पनि हामीले स्वास्थ्य सुरक्षाका विधिहरुलाई सके सम्म पालना गरेर आफु बच्ने र अरुलाई बचाउने तर्फ जानुनै आजको पहिलो मानवीय कर्तब्य हो ।
समस्यालाई विकराल बन्न दिनु अघिनै सके सम्मका स्वास्थ्य सुरक्षाका विधिहरुलाई सावधानीका साथ पालना गरेर जानुको अर्को विकल्प तत्काल देखिदैन । कोरोना केही पनि होइन भनेर विश्वलाई नै अहिले हायलकायल पारिरहेको भाइरससँग हामीले हेलचेक््रयाँई गर्नु हुदैन । अन्य देशले अपनाएका सबै स्वास्थ्य विधिहरु हामीसँग न होलान् तर हामीले गर्न सक्ने र हाम्रो बुताले भ्याउने सम्मका स्वास्थ्य सुरक्षाका मापदण्ड भने कुनै पनि हालतमा हामीले पालना गर्नु पर्छ नै । सामान्यतया कोरोना संक्रमणबाट बच्नका लागि माक्सको प्रयोग, भौतिक दुरि, भीडभाड नगर्ने तथा तातो पानी पिउने र सावन पानीले हात धुने जस्ता काम गर्न हामी सक्छौँ । कमसेकम यति मात्रै सावधानीले हामी सुरक्षित बन्छौँ भने यसलाई हामीले वेवास्ता गर्न मिल्दैन र प्रत्येक नागरिकले यसलाई आफ्नो मानवीय दायित्व समेत संझनु पर्छ । तिब्र गतिमा बढेको संक्रमणबाट आफु बच्न र अरुलाई बचाउन सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड हामीले पालना गर्नु भनेको हाम्रो आफ्नै जिवन रक्षाका लागि हो। यसर्थ भोलीका दिनमा हामी माथि नै आउने अकल्पनीय अवस्थाबाट बच्नका लागि हामीसँग भएका सत्य सुचना र सन्देशलाई समेत प्रचार प्रसार गर्दै विश्वमै बढ्दो गतिमा फैलिएको कोरोना संक्रमणबाट सिङ्गो मानव समुदायको हितका खातिर आजैबाट हामीले आफ्नो कतब्र्य र जिम्मेवारीलाई गहन रुपमा बोध गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button