‘समाचार र विचारको
साझा चौतारी’






नेपाली बीउ तथा मल क्षेत्रमा डिजिटाइजेसनको प्रयास


कामना रायमाझी

काठमाडौँ । आजको विश्व Artifical Intelligence (AI) युगमा प्रवेश गरिसकेको परिवेशमा, हाम्रो राष्ट्रका सबै जसो क्षेत्रहरुमा भने बिस्तारै Info-tech को सकारात्मक प्रभाव देखिन थालेको छ । यसै क्रममा समयको मागसँगै परम्परागत खेती प्रणालीबाट व्यवसायिकतातर्फ उन्मुख भइरहेको कृषि क्षेत्रले पनि सोही अनुकरण गरिरहेको देख्न सकिन्छ ।

विशेष गरी, पछिल्लो समयमा बालीनालीको उत्पादकत्व बढाउनको लागि प्रमुख मानिने बीउ तथा मल व्यवस्थापनलाई जोड दिएर धेरै परियोजनाहरु संचालनमा आएका छन् । जस्तोसुकै परिवर्तनको प्रमुख चरण भनेको सम्बन्धित क्षेत्रको updated तथ्यांकको उपलब्धता पहुँचता तथा उचित प्रयोग नै हो । यसै कुरालाई ध्यानमा राखी FAO को Feed the future कार्यक्रम अन्तर्गत USAID को आर्थिक सहयोगमा अन्र्तराष्ट्रिय मकै तथा गहुँबाली अनुसन्धान केन्द्र (CIMMYT) द्वारा संचालन गरिएको नेपाल बीउ तथा मल परियोजना (NASF) ले Seed Vision 2013-2015 अनुरुप नेपालका प्रमुख बालीहरुको Seed Replacement Rate (SRR) बढाउनुको साथै मलखादको उचित व्यवस्थापनबाट उत्पादनशिलता बढाउने हेतुले बीउ तथा मलको क्षेत्रलाई Digitized गर्ने प्रयासको थालनी गरेको छ ।

कुनैपनि समयमा बीउको माग र आपूति को सम्पूर्ण विवरण प्राप्त गर्न कठिनाइ रहेको अवस्थामा Digital Seed Information System तथा जमिनमा माटोको अवस्था र पोशाक तत्वको जानकारीका आधारमा खेती योग्यता पत्ता लगाउन Digital Soil Map सार्वजनिक गरिसकेको छ।

१. Digitally enabled Seed Information System(DESIS)

नेपालमा उन्मोचित जातहरुको बीउको माग र उपलब्धताको सम्पूर्ण विवरण पाउन प्रत्येक वर्षको अन्त्य कुर्नु पर्ने हुन्थ्यो, तर अहिले Feed the Future कार्यक्रम अन्तर्गत USAID को आर्थिक सहयोगमा अन्र्तराष्ट्रिय मकै तथा गहुँबाली अनुसन्धान केन्द्र ( CIMMYT) ले एउटा राष्ट्रिय database को माध्यमबाट बीउसँग सम्बन्धित संघसंस्था, किसान, अनुसन्धानकर्ता, विद्यार्थीहरुको लागि online माध्यमबाट सजिलैसँग उन्मोचित तथा पंजिकृत जातहरुको सम्पूर्ण गुणको विवरण तथा श्रोतको जानकारी लिन सक्ने व्यवस्था मिलाउने जमर्को गरेको छ ।यसको आधारमा नै बीउ उत्पादन तथा वितरण सम्बन्धी सम्पूर्ण कार्यको योजना गरी सोहीअनुसार सम्पन्न गर्न मद्दत गर्दछ ।

[Source: https://seed.sqcc.gov.np]

२. Digital Soil Map

G.P.S को माध्यमबाट माटोमा रहेका विभिन्न तत्वहरुको र तिनलाई वातावरणको प्रभाव समेतलाई गणितीय तथा तथ्यांकीय मोडेलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरिएको माटोको नतिजाको आधारमा तयार पारिएको नक्सा नै डिजिटल नक्सा हो । नार्कअन्र्तगत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अन्र्तराष्ट्रिय मकै तथा गहुँबाली सुधार केन्द्रको सहकार्यमा नेपालका सबै प्रदेशको प्रनिधित्व हुने गरी ५६ जिल्लाबाट कुल २३ हजार २ सय ७३ ओटा माटोको नमुनाहरुको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको हो ।

यो नक्साबाट भौगोलिक स्थान विशेष माटोको प्रकारका साथै माटोमा रहेको अम्लियापन, प्रांगारिक पदार्थको मात्रा, नाइट्रोजन, फोस्फोरुस तथा पोटासको मात्राको साथै सुक्ष्म पोशाकतत्व, जिन्क र बोरोनको मात्रा थाहा पाउन सकिन्छ ।

webportal: https://soil.narc.gov.np बाट access गरी आफुले चाहेको जमिनको नक्सा प्राप्त गर्ने तरिकाः

क) पहिलो चरणमा, माथि दिएको website खोलेर map section मा जाने र soil map खोल्ने,

ख) दोश्रो चरणमा, स्क्रिनको बायाँतर्फ भएको नेभिगेसन प्यानलमा गई tool मा रहेको zoom प्रयोग गरेर map बाट चाहेको भागलाई ठुलो बनाई हेर्ने,

ग) तेश्रो चरणमा, पोलिगन tool बाट चाहेको एरियामा गई rectangle or triangle आकार बनाएर आफुले खोजेको क्षेत्रको माटोको बारेमा जानकारी लिन सुरु गर्ने ।

विभिन्न क्षेत्रका नीति निर्माताहरु, अनुसन्धानकर्ताहरु, कृषि प्रसारकर्ताहरु, प्रागिक वर्ग, नीजि क्षेत्र, विद्यार्थी तथा किसानसमेतलाई उपयोगी हुने यो नक्साका प्रमुख विशेषताहरु तल उल्लेख गरिएको छ :

१) सामान्यतया, माटोको आधारमा समान गुण भएको क्षेत्र पहिचान गरी, सो क्षेत्रको माटोमा रहेका प्राथमिक तथा सुक्ष्म पोशकतत्वको आधारमा स्थान विशेष माटोको उर्वरशक्ति थाहा पाउन सकिन्छ ।

२) विभिन्न सरोकारवालाहरुलाई माटो व्यवस्थापन सुधारका माध्यमबाट उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्ने खालका योजना बनाउन र सोही अनुरोप निर्णय गर्नको लागि सहजता प्रदान गर्दछ ।

३) कुनै निश्चित क्षेत्र र विशेष बालीको सिजन अनुसार आवश्यक मल तथा खाद्य तत्व व्यवस्थापन गर्न मोडलिंगबाट हिसाब किताब गर्न उचित तथ्यांक दिएर सघाउछ ।

४) कुन स्थानमा कुन कुन तत्वको कमी पहिचान गरी कस्तो मलखाद प्रयोगबाट उर्वरशक्ति सन्तुलनमा ल्याउन सकिन्छ भन्ने निर्णय गर्न सघाउछ ।

५) शैक्षिक क्षेत्रको लागि विद्यार्थी र शिक्षक सबैले नेपालको updated/latest माटो सम्बन्धी विवरण लिन भरपर्दो माध्यमको रुपमा प्रयोग गर्न सकिन्छ ।halokhabar/from

प्रतिकृया दिनुहोस्