
कविता
स्वाँठका क्रूर झुन्डले ,बुझ पचाए ।
चुरे शैल भावर बेचि ,मित्र बढाए।।
हुँनुथियो सब चिज त्यो, नै भएन।
भरिए घडा कति तर, मन भरिएन ।।
शहिदकाआँशुले पिरोल्ने ,मन झन।
प्राणिनै बिना खोइके ,अर्थ सब वन।
बाँदरझै खोइ कति, दाँजौ भएन।
भरिए घडा कति तर मन, भरिएन।।
बलिन्द्रआँशु पिउँदै, सडक बालिका।
भुतुङ्गा माथि घोडचडि , सब मालीक।।
निहत्था तल झनझनै, आशा भएन।
भरिए घडा कति तर, मन भरिएन।।
शङ्खघोष गर्दै खैचन्छन ,पिँजडा माझमा।
मख्खछन् बिचारा सिधा ,चाप्लुसी बाजमा।।
दुखिःत नेपाल आमा सोचेझै ,किन भएन ?
भरिए घडा कति तर मन, भरिएन।।
समाप्त,(इलाम)


