कृषि र किसान

विवाहपछि दाइजोको रुपमा छोरीलाई बाख्रा : बाख्रा पालनको आर्थिक महत्व (विचार)

डा. केदार कार्की/सेवा निवृत्त पशुचिकित्सक 

तस्बिर : हेफर इन्टरनेशनल नेपाल
नेपालजस्तो कृषिप्रधान देशको अर्थव्यवस्थामा पशुधन एवम् पशुपालनको महत्वपूर्ण स्थान छ । कृषिप्रधान देशको अर्थव्यवस्थामा पशुधन एवम् पशुपालनको महत्वपूर्ण स्थान छ । बाख्रा पालन हाम्रो देशको प्राचीन व्यवसाय मानिन्छ । कुरा चाहे दुधको होस् वा मासुको । हाम्रो देशको गरीब किसानका लागि बाख्रा भन्दा राम्रो कुनै अर्को पशु छैन । ठूला पशु जस्तै गाई, भैंसी आदिको शारीरिक आवश्यकता एवम् हेरचाह धेरै महँगो पर्ने हुन्छ ।

यस्तोस्थितिमा साना एवम् गरिब सिमान्तकृत किसानहरुकालागि बाख्रा पालन धेरै सरल एवम् लाभप्रद व्यवसाय हुन आउँछ । बाख्राको यिनै गुणहरुका कारण यीनलाई गरिबको गाई भनिन्छ । नेपालमा उपलब्ध सबै किसिमको कठीन वातावरणीय परिस्थितिहरु एवम् उचित आहारको अभावमा पनि बाख्राहरुमा उत्पादन गर्ने विलक्षण क्षमता हुन्छ ।

बाख्रालाई घरका साना केटाकेटी एवम् फुर्सद भएका सदस्यले आरामसँग सार्वजनिक चरण, बेकार खेर गएको भूमि आदि कैयौं ठाउँहरुमा चराएर पाल्न सक्दछन् जसले गर्दा यसलाई पालन गर्न लाग्ने खर्चलाई पनि कम गर्न सकिन्छ ।

बाख्रा पालन खासगरी मुख्यरुपमा दुध, मासु, छाला अनि रौंकालागि गरिन्छ । हाम्रो देशमा उपलब्ध रैथाने नश्लका बाख्राहरुको उत्पादन क्षमता निम्न कोटिको त छ तर यिनमा उच्च एवम् निम्न तापक्रम सहने् क्षमता, रोगहरुसँग लड्न सक्ने क्षमता एवम् निम्नस्तरको हेरचाहमा पनि सहज उत्पादन गर्न सक्ने अद्वितीय क्षमता हुन्छ ।

धेरै ठूलो संख्यामा मासुकालागि बध गरिँदा पनि प्रति बर्ष बाख्राहरुको संख्यामा ३–४ प्रतिशत बृद्धि हुने गर्दछ जुन यिनको उच्च प्रजननक्षमताको द्योतक मानिन्छ । प्रतिवर्ष एउटा बाख्राबाट लगभग ५०० रु. को शुद्ध आय दुधबाट प्राप्त हुन सक्छ ।

बाख्राको भाले पाठाहरु मासु उत्पादनका लागि प्रयोग गरिन्छ । ६ महिनाको उमेरमा एउटा स्वस्थ्य पाठा पाठीबाट ५००–६०० रुपैयाको लाभ प्राप्त गर्न सकिन्छ । दुध, मासु छाला बाहेक कृषकले बालीनाली भित्र्याएपछि बाख्राको बथानलाई आफ्नो खेतबारीमा राख्दछन् जसले गर्दा बाख्राको बड्कुला एवम् पिसाव जैविक मलको रुपमा उपलब्ध हुन्छ ।

बाख्राको बथान आफ्नो खेतबारीमा राख्न किसानले बाख्रा पालकलाई २०–२५ रुपैया प्रति रातको दरले दिने चलन छ । बाख्रा पालन व्यवसाय अपनाएर कृषकले आफ्नो आर्थिक अवस्था धेरै हदसम्म सुधार गर्न सक्छन् किनकी बाख्रा पालनबाट निम्न फाइदा हुने गर्दछ।

बाख्राहरु दुध, मासुका लागि उपयुक्त श्रोत मानिन्छ । छाला एवम् रौंहबाट अतिरिक्त आम्दानी प्राप्त हुन्छ । यसको बड्कुला पिसावले गर्दा खेतबारीको उर्वरा शक्ति बढ्दछ । कम आयुमा नै दुध उत्पादन हुने गर्दछ । यसको मासु अन्य पशुभन्दा बढी रुचाइन्छ ।

एक पटकमा एक भन्दा बढी पाठापाठी जन्माउँछ । कुनै विशेष गोठ खोरको आवश्यकता पर्दैन । वर्षभरी रोजगार प्रदान गर्दछ । धेरै कम खर्चमा पाल्न सकिन्छ । आवासका लागि थोरै ठाउँ चाहिन्छ । बाख्राको दुध अन्य पशुहरुको तुलनामा मानव दुधसँग मिल्दो जुल्दो हुन्छ ।

धेरैजसो विवहित महिलाहरुलाई बाख्राहरु आफ्नो आमाबाट दाइजोको रुपमा प्राप्त हुन्छ । आफ्नो परिवार पाल्न, केटाकेटी हुर्काउन एवम् विहेवारीमा खर्च गर्न महिलाहरुले बाख्रा पालनबाट प्राप्त हुने आम्दानी प्रयोग गर्दछन् ।

महिला एवम् बाख्रा :
पश्पालनमा ग्रामीण महिलाहरुको धेरै ठूलो योगदान हुन्छ । कम पूँजी विनियोजन हुनाले आर्थिक रुपले पछाडि परेका एवम् भूमिहीन सिमान्तकृत महिलाहरुकालागि बाख्रापालन बरदानसिद्ध हुनसक्दछ । ठूला पशुहरुको तुलनामा बाख्रालाई सजिलै पाल्न सकिन्छ । एउटा महिलाले एउटा बथानलाई सजिलैसँग हेरचाह गर्न सक्दछन् ।

बाख्रा पालनबाट आर्थिक लाभका साथसाथै घरमा उपलब्ध अतिरिक्त श्रमको पनि उपयोग हुन्छ साथै बाख्राको दुध र मासुले गर्दा ग्रामिण महिलाको पोषणस्तरमा अपेक्षित सुधार हुने गर्दछ । जसले कुपोषणको समस्या रहँदैन जुन ग्रामीण क्षेत्रहरुमा अनेकौं विरामीहरुको कारण मानिन्छ । खडेरी एवम् अकालको बेला ती क्षेत्रका महिलाहरु यसलाई विपत्तिको बेलाको बिमा मान्दछन् ।

धेरैजसो विवहित महिलाहरुलाई बाख्राहरु आफ्नो आमाबाट दाइजोको रुपमा प्राप्त हुन्छ । आफ्नो परिवार पाल्न, केटाकेटी हुर्काउन एवम् विहेवारीमा खर्च गर्न महिलाहरुले बाख्रा पालनबाट प्राप्त हुने आम्दानी प्रयोग गर्दछन् । ग्रामीण महिलाहरुले बाख्रा पालन व्यवसायका लागि सरकारद्वारा दिइने कम व्याजमा ऋण प्राप्त गर्न सक्छन् जुन ग्रामीण स्तरमा संचालित योजना अन्तरगत दिइन्छ । समग्रमा गरिबीसँग लडनका लागि बाख्रापालन एउटा राम्रो साधन बनाउन सकिन्छ ।

प्रोटिन एवम् दूधको कमीलाई पूरा गर्नका लागि सबैभन्दा राम्रो एवम् सस्तो माध्यम बाख्रापालनलाई मान्न सकिन्छ । बाख्राको दुधको प्रोटिनको मात्रा मानव दुधको प्रोटिनसँग मिल्दोजुल्दो हुन्छ एवम् यो मानिसको केटाकेटीका लागि उत्तम मानिन्छ ।

मानव पोषण एवम् बाख्रा :
प्रोटिन एवम् दूधको कमीलाई पूरा गर्नका लागि सबैभन्दा राम्रो एवम् सस्तो माध्यम बाख्रापालनलाई मान्न सकिन्छ । बाख्राको दुधको प्रोटिनको मात्रा मानव दुधको प्रोटिनसँग मिल्दोजुल्दो हुन्छ एवम् यो मानिसको केटाकेटीका लागि उत्तम मानिन्छ ।

धेरैजसो मानिस जसलाई गाई भैंसीको दूधबाट एलर्जी हुने गर्दछ या पेटमा घाउ अल्सर हुन्छ तिनका लागि बाख्राको दुध लाभदायक हुने गर्दछ । हाम्रो देशका मांशाहारी समुदायले विभिन्न धार्मिक सामाजिक एवम् साँस्कृतिक कारणले गर्दा अन्य जनावरको मासुको तुलनामा खसी बोकाको मासु बढी मनपराउँछन् किनकी बाख्राको मासुमा प्रोटिनको मात्रा बढी एवम् बोसोको मात्रा कम हुन्छ ।

जुन सन्तुलित आहारको दृष्टिले राम्रो मानिन्छ । बाख्राले प्रतिदिन १ देखि २ लिटर दुध दिन्छन् जसले एउटा परिवारको दूधको आवश्यकता पूरा गर्न सकिन्छ । साथै अतिरिक्त दुध बेचेर आर्थिक लाभ पनि पाउन सकिन्छ । बाख्रालाई यति दुध उत्पादन गर्नका लागि धेरै दाना पनि आवश्यक पर्दैन । घर वा घर वरिपरि उपलब्ध घाँस पराल स्याउला एवम् अन्य कुराहरु खुवाएर पनि सजिलै बाख्रा पालेर दैनिक आवश्यकता पूरा गर्न सकिन्छ ।

प्राचीनकालदेखि नै बाख्राको दुध मानव दुधपछि दोश्रो स्थानमा प्रतिस्थापित भएर शिशुको स्वास्थ्यका लागि अति उत्तम मानिएको छ । यहाँसम्म कि बृद्ध बृद्धाहरुका लागि पनि बाख्राको दुध अति पौष्टिक, शीघ्र पच्ने एवम् लाभाकारी मानिन्छ । त्यसैले बाख्रालाई मानिसको सौतेनी आमा, धाइ आमा मानिन्छ ।

मरुस्थलीकरण अनि बाख्रा
बाख्राहरु बारे यो गलत धारणा छ कि बाख्राले प्रायःजसो हरियाली चरेर खान्छ तथा मरुस्थलीकरणलाई प्रोत्साहन गर्दछन् । अध्ययनहरुबाट थाहा हुन्छ कि यो एउटा गलत धारणा हो । प्रायजसो समस्या गाई एवम् भेंडाले ज्यादा पैदा गर्दछन् ।

किनभने गाई र भेंडा प्रजातिले यति गहिराइमा चर्ने गर्दछन् कि माटो उखडिन्छ एवम् माटो कटानको प्रभावमा आउँछ । बाख्राले प्रायजसो टाउको उठाएर बोटविरुवा एवम् झाडीहरु आदिको पातहरु बडो मज्जाले खान्छ ।

बाख्रा स्वभावले नै छानिएको आहार खान्छ तथा तीनलाई रुख विरुवाको माथी अगाडिको खुट्टा राखेर चर्न राम्रो लाग्छ । बाख्राहरु दिनभरी घुमी घुमी खाने गर्दछन् । त्यसले सतहमा उम्रिने हरियालीलाई क्षति हुँदैन । यसको विपरित गाई भेंडाहरु सँधै तलतिर टाउको गरेर एकातिरबाट चढेर आहार टिप्दछन् ।

आम धारणाको विपरित बाख्राहरुले पुरै जमिनमा खाद्य फैलाउँछन् अनि त्यसलाई उब्जाउ बनाउँछन् एवम् लवणीय माटोलाई रुखविरुवाहरुको लवणयुक्त पातहरु खाएर लबणता घटाउँछन् । घाँस झाडिहरु एवम् रुख विरुवाको विउहरुलाई टाढा टाढासम्म फैलाउनमा पनि बाख्राले मद्दत गर्दछ ।

बाख्राको बड्कुला बीउहरुका लागि उर्वरक क्याप्सुलको काम गर्दछ । जसले गर्दा विउहरुलाई अंकुरित हुने बेलामा पर्याप्त पोषण प्राप्त हुन्छ । यसरी पर्यावरण विगार्ने भयबाट मुक्त भएर मरुभूमिमा बाख्रा पालन गरिन्छ ।

दुध र मासु पछि बाख्राको छाला धेरै महत्वपूर्ण मानिन्छ । यसबाट ज्याकेट, कोट, पर्स, जुत्ता, पञ्जा, कम्मर पेटीहरु तथा घरलाई सजाउने चिजहरु बनाएर बेच्नाले धेरै लाभ कमाउन सकिन्छ । बाख्राको छाला अन्य पशुहरुको छाला भन्दा राम्रो मानिन्छ । बाख्राहरुबाट रौं एवम् पश्मीना प्राप्त हुन्छ । जसबाट विभिन्न प्रकारको ऊनी बस्त्र बनाइन्छ ।

प्रत्येक बाख्राबाट सालभरिमा लगभग दुई क्विन्टल खाद्य पाइन्छ । सम्बन्धित लघु उद्योग स्थापित गर्न सकिन्छ जस्तै दुग्ध उद्योग, मासु एवम् छाला उद्योग, बस्त्र उद्योग आदि । यसबाट रोजगारीको अवसर बदलिन एवम् साथै बाख्रा पालनलाई अपेक्षित स्तरमा ल्याउन सकिन्छ ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button