सृजनाको चौतारी

उल्टै डस्छ यदि भने

गजल
जस्ले बोल्छ सत्य कुरा उहीँ फस्छ यदि भने
भलो गर्दा कुभलोले उल्टै डस्छ यदि भने ।
मत्ता हात्ती बरु जाती मुसो जस्तो काट्ने भन्दा
वितृस्णाको गन्ध बोकी भित्रै पस्छ यदि भने
खडेरी छ विश्वासको आस्था अनि भरोसाको
चलाएर लाग्ने कैँची मुटु धस्छ यदि भने
होसियार हुन सके कोरोना झै दुर राखी
उचालेर अरुलाई आफै भाक्छ यदि भने
के रहयो र मित्रताको त्यो छिन्नै लाको डोरी जस्तो
वनाबटी हासो भित्र दारह्रा कस्छ भने।
(पोखरेलको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button