
गजल

माइती आउला भन्दै दियो जलाएको सुनेँ
बगैंचामा हराभरा फल फलाएको सुनेँ ।
आफ्नो यता काम छ कठोर छोडन सकिदैन
छुट्टी दिएन थप डिउटी चलाएको सुनेँ ।
रहर थियोे चेलीमाइती सँगसँगै हुने
यही खबरले चेलीलाइ गलाएको सुनेँ ।
मेरा निम्ति उनका हातले गोडमेल गर्दा
फूलबारीमा फूल र दुबो पलाएको सुनेँ ।
आभारी भएँ थोरै भएनि दुरदेश बाट
गाउँ शहरमा मेरो नाम कलाएको सुनेँ ।
माइती आउला भन्दै दियो जलाएको सुनेँ
गाउँ शहरमा मेरो नाम कलाएको सुनेँ ।।
माइजोगमाइ,इलाम


