‘समाचार र विचारको
साझा चौतारी’




जतै रमाइलो



कार्तिक मङ्सिर घाम लाग्यो जतै रमाइलो
बेँसी खेत मास धान पाक्यो खेतै रमाइलो ।
बयेलीमा उभिदिदा सुहाउने किसानलाई
जता आहार बिहार मिल्छ त्यतै रमाइलो ।
प्रकृतिको यो छटालाइ कुन उपमा सजाउ
दुई चार शब्द लेखि रहदा यतै रमाइलो ।
झुल्के घामको किरणले हिमशिखर चुम्दा
चखेवाका जोडी उडछन उतै रमाइलो ।
बिहानीपखको चिसो हावा शीतका थोपासँग
कति मज्जा सुहाएको हेर्दा चित्तै रमाइलो ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्