काठमाडौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ।



