मूल खबर

मेची पुलमा राष्ट्रिय झण्डा

काँकरभिट्टा ।

नेपालको पूर्वी नाका अर्थात सीमा नदी मेची पुलमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ । स्थानीय युवाहरुको पहलमा यसअघिको पुरानो भएको झण्डालाई हटाउँदै नयाँ झण्डा राखिएको छ ।

नेपालको पूर्वी सीमा नदी मेची पुलमा यसअघि पनि झण्डा राखिएको थियो । तर ,उक्त झण्डा पुरानो भइरहँदा कसैले पनि यसप्रति खासै चासो देखाएका थिएनन् । पूर्वीनाका नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्धार भइरहँदा नाकामा राष्ट्रियता झल्काउने उद्देष्यका साथ युवाहरुले आज राष्ट्रिय झण्डा राखेको पाथिमरा प्रिन्टिङ्ग प्रेस काँकरभिट्टा संचालक विकास देवकोटाले बताए ।

एक वर्ष अघि राखिएको झण्डा पुरानो भएकाले स्थानीय युवाहरुको पहलमा नयाँ झण्डा राखिएको उनले बताए ।

सिमामा देशको पहिचान सजाउँदै राष्ट्रिय झण्डा फहराउन पाउँदा अत्यन्तै खुशी लागेको समेत युवाहरुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button