काँकरभिट्टा । झापाको बाहुनडाँगी बजारमा होटल सञ्चालन गर्दै आएका रमेश थापा र उनका भाइ सूर्यबहादुर थापाको दुर्घटनामा निधन भएको छ ।
झापाबाट इलाम जाँदै गरेको पिकअप जिप आज विहान मेची राजमार्गको रोङ–४ पहिरो भन्ने स्थानमा दुर्घटना हुँदा दुबैको घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।
रमेश थापा ५५ वर्षका र उनका भाइ सूर्य ४० वर्षका थिए । इलाम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा थापाका अनुसार उनीहरु सवार प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई आज बिहान सडकदेखि करिव पाँच सय मिटर तल झरेको थियो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापाको वीएन्डसी अस्पताल भर्ना गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



