
देवीचरण भण्डारी
चन्द्रगढी
कोरोनाको कहरका बिच पनि लेखनाथ पुस्तकालय भद्रपुर(१० , चन्द्रगढीले आफ्नो नियमित मासिक कार्यक्रम सुकवारे भेलामा उदीयमान नारी स्रष्टा इन्दिरा कुसुमको ू पीडाभित्रका नारीू कथा सङ्ग्रहको लोकार्पण गरिएको छ। भाषाविद, एवम् अग्रज स्रष्टा चूडामणि रेग्मीको प्रमुख आतिथ्य, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई अर्याल, रुद्रगौरी श्री अम्बिका ओली स्मृति प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली, नारी स्रष्टा समाज प्रदेश नं १ को अध्यक्ष ममता मृदुल र कवि तथा साहित्यकार होम सुवेदीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि रेग्मी लगायत विशिष्ट अतिथिहरुले कृति लोकार्पण गरेका थिए। लोकार्पित कृतिको समीक्षा साहित्यकार लता खरेलले गरेकी थिईन्। समीक्षाका क्रममा खरेलले कृतिकार इन्दिरा कुसुम नेपाली साहित्यको क्षेत्रमा भर्खरभर्खर कलम चलाउन थालेकी नवोदित तर उदीमान साहित्यिक स्रष्टा हुन्। उनको लोकार्पित पहिलो कृतिमा सङ्ग्रहित कथा सङ्ग्रहको अध्ययन गर्दा कथाकार आख्यानको क्षेत्रमा प्रशस्त सम्भावना बोकेकी नारी स्रष्टा हुन्।
यस कथा सङ्ग्रह मार्फत् कथाकारले नारीमाथि भएका, हुने गरेका अन्याय ,अत्यचार, शोषण , दमन मात्र हैन पुरुषमाथि हुने गरेका र पुरुषहरुले भोगेका पीडाहरुलाई पनि उजागर गरिनुपर्छ। अबको कथा गुरुप्रसाद मैनालीले उल्लेख गरेको सामाजिक चरित्र र कथाबस्तु भन्दा माथिल्लो स्तरबाट लेखिनु पर्छ । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले लेखनाथ पुस्तकालयले आयोजना गर्दै आएको मासिक कार्यक्रम सुकवारे भेला सुरुका दिनहरुभन्दा अहिले व्यापक हुँदै गएको र धेरै कवि साहित्यकारहरुका कविता,कथा सङ्ग्रह , उपन्यास, खण्डकाव्य तथा महाकावयहरु पनि लोकार्पण गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै इन्दिरा कुसुमको पहिलो कृति लोकार्पित भएकोमा प्रसन्नता व्यक्त गरेका थिए।यसैगरी शुभकामना मन्तव्य राख्दै विशिष्टअतिथि नारी स्रष्टा समाज प्रदेश नं१ कि अध्यक्ष ममता मृदुललले (ूपरम्परागत सोचबाटमाथि उठेर आजको सामाजिक धरातलमा उभिएर अबको पुस्ताले आफ्ना सिर्जनाहरु लेख्नुपर्छ ूभन्ने कुरा बताएकी थिईन् । उनले महिला मात्र हैन हाम्रो समाजमा पुरुष पनि उत्तिकैपीडित र प्रताडित भएका छन् । उनीहरुको पीडा र प्रताडनाका बारेमा पनि कथा लेखिनु पर्छ ू उनको भनई थियो।
शुभकामना मन्तव्य राख्तै विशिष्ट अतिथि सुभद्रा भट्टराई अर्यालले लोकार्पित कृति नारी भित्रको पीडा नभएर पीडा भित्रका नारी शीर्षक राखिनुको खास अर्थ राखेको बताईन् । कार्यक्रम सञ्चालक नारी, कृतिकार नारी, कृतिको समीक्षक नारी र सहभागी संख्या पनि नारीकै सघन हुनु एक विशिष्ट विशेषता रहेको आफूले महसुस गरेको बताईन्। कथामा उल्लेख भएका विषयवस्तु पुरानै र परम्परावादी भएपनि आजको आधुनिक समाजमा पनि ती पीडाहरु उत्तिकै रहेको बताईन्। समाज परिर्वतन गर्न सवभन्दा पहिले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्छ र आफ्नो सोच परिवर्तन भएमात्र समाज परिवर्तन गर्न सहजहुने कुरा बताउँदै अब लेखिने सिर्जनाहरुमा मानिसको सोचमा आमूल परिर्वतन ल्याउन सक्ने हुनुपर्छ ू उनको भनाई थियो। कृतिकार इन्दिरा सुवेदीले मन्तव्यका क्रममा आफूले यस समाजभित्र देखेका र मेरा आमा,हजुरआमाहरुले भनेका र सुनेका घटनाक्रमहरुलाई समेटेर कथाका विषयवस्तु बनाएको र आजको आधुनिकसमाजका नारीहरुले पनि कथामा वर्णित पीडाहरु भोगिरहेका छन् उनको स्पोस्टोक्ति थियो। सभपतीय मन्तव्य राख्तै लेखनाथ पुस्तकालयका तथा कार्यक्रमका सभापति विरही अधिकारीले कृतिकारलाई वधाई अर्पण गर्दै उपस्थित सवैमा धन्यवाद ज्ञापन गरेका थिए। उनले संस्कृतिविद् सताब्धी पुरुष सत्यमोहन जोशीको स्वास्थलाभको कामना गरेका थिए।यसैगरी पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडाकी जीवन संगिनी पद्मा खतिवडाको मिति २०७८र१०र२७ गते भएको दुस्खद् निधनप्रति गहिरो दुस्ख व्यक्त गर्दै दिवंगत हुनुभएकी पद्मा खतिवडा प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त खतिवडा परिवार प्रति गहिरो समवेदना व्यक्त गरेका थिए। पुस्तकालयका उपसभापति हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव गीता सुवेदी नेपालले गरेकी थिईन्। कार्यक्रममा तीर्थ चापागाईँले कवितावाचन गरेका थिए ।


कार्यक्रममा लेखनाथ पुस्तकालयका निर्वतमान सभापति नवराज घिमिरे,पूर्व सभापतिहरु कृष्ण सुवेदीूु निराकारु र देवीचरण भणडारीु सरोजु , कवि उषा गुरुङ, उमानाथ पोखरेल, गोपाल आचार्य, हरिप्रसाद नेउपाने,आनन्द प्रसाद घिमिरे, भानुभक्त कुभिण्डेली, गोविन्द कोईराला, खगेश्वर कोईराला, अनिरुद्र सिटौला, हरिकिशोर आचार्य, विष्णु प्रसाद उप्रेती , दयाराम उप्रेती लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।


