खेलकुद

रियल बेटिस कोपा डेल रेको फाइनलमा

एजेन्सी – रियल बेटिस स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति दोस्रो लेगमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेलेपनि समग्रमा ३–२ को जित निकाल्दै रियल बेटिसले फाइनलमा स्थान पक्का गरेको हो ।

रियल बेटिसले पहिलो लेगमा २–१ को जित निकालेको थियो । त्यही जित नै रियल बेटिसलाई फाइनल पुग्नको लागि थप सहज बनेको थियो ।
सेभियामा प्रतिस्पर्धात्मक बनेको सेमिफाइनलको दोस्रो लेगमा दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो ।

८०औं मिनेटमा वेवीले फ्रिकिकमार्फत सिधै गोल गर्दै रायो भालेकानोलाई सुरुवाती अग्रता दिलाए । तर, घरेलु टोली बेटिसले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बोर्जा इग्लेसियसले गोल गर्दै बेटिसलाई हारबाट जोगाउँदै फाइनलको यात्रा तय गराए ।

रियल बेटिस १७ वर्षपछि अर्थात २००४–०५ को सिजनपछि पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । त्यतिबेला रियल बेटिस च्याम्पियन बनेको थियो । पाँचौपटक फाइनलमा प्रवेश गर्दा यसअघि चारपटक फाइनल प्रवेश गर्दा दुईपटक विजेता र दुई पटक उपविजेता बनेको छ ।

अब रियल बेटिसले उपाधिको लागि भ्यालेन्सियासँग खेल्नेछ । भ्यालेन्सियाले बुधबार राति नै साविक उपविजेता एथलेटिको बिल्वाओलाई हराएर फाइनलमा पुगिसकेको छ । फाइनल २३ अप्रिलमा हुनेछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button