खेलकुद

नेपोलीलाई हराउँदै मिलान शीर्षस्थानमा, युभेन्ट्सलाई पनि सफलता

एजेन्सी – शीर्ष दौडमा रहेको नेपोलीलाई हराउँदै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । मिलानले नेपोलीलाई उसकै मैदानमा १–० ले हराएको हो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा आइतबार राति भएको खेलमा मिलानको जितमा दोस्रो हाफमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुउडले गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा डोभिड कालाव्रियाको पासमा गोल गर्न सफल भएका थिए।

एक गोलले पछि परेको नेपोलीले मिलानलाई दवावमा राखेपनि गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो । मिलानले भने अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानको २८ खेलबाट ६० अंक पुगेको छ । पराजित नेपोली ५७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको इन्टर मिलान ५८ अंक जोडेर दोस्रो स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले स्पेजियामाथि १–० को झिनो जित निकालेको छ । युभेन्ट्सको जितमा अल्भारो मोराटाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै युभेन्ट्स २८ खेलबाट ५३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । युभेन्ट्स तेस्रो स्थानको नेपोलीसँग ४ अंकले पछि तथा पाँचौ स्थानको एटलान्टाभन्दा ६ अंकले अघि छ । पराजित स्पेजिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button