
काँकरभिट्टा । झापाको मेचीनगरमा महिलाको हत्या आशंकामा एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउसो घर नजिकैको जंगलमा घाँस काट्न गएकी मेचीनगर–५ स्थित कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवर साँझ मृत अवस्थामा फेला परेकी थिइन् ।
उनी घरदेखि ५ सय मिटर पश्चिम पट्टी घोडाजिनको खोल्सीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
हसिँया लिएर घास काट्न गएकी उनको अनुहारमा चोट, हसियाँ बाङ्गीएको र लछारपछार पारिएको अवस्थामा शव भेटिएको मेचीनगर–५ का वडाध्यक्ष योगेन थापाले बताए ।
हत्या भएको आशंकामा २५ वर्षीय एक जना स्थानीय युवालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।



