मूल खबर

संरक्षण केन्द्रका गाईको बेहाल, भोकभोकै मर्दा पनि बेवास्ता

काठमाडौं
चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यही नजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्।

दूध दिइन्जेल पाल्ने, थाकेका र रोगी भएपछि यहाँ ल्याएर छोडिदिँदा खानपान नमिलेर धेरै मर्ने गरेको हेरालु धनबहादुर पराजुली बताउँछन्। ‘ठूला गाई मरेपछि दुई जनाले घिसार्न सकिँदैन। नगरपालिकालाई फोन गर्‍यो। जेसीबी पठाइदिइहाल्छम भन्नुहुन्छ, समयमा आउँदैन’, हेरालु पराजुली भन्छन्, ‘जतिसम्म सक्छौं। त्यहीं लगेर फाल्दिने हो।’ उनका अनुसार स्थानीय जातभन्दा पनि जर्सी गाई र बच्चा छिट्टो मर्ने गरेका छन्।  अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button