
एजेन्सी – कप्तान करिम बेन्जेमाले दुई गोलसँर्ग एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियलले मलोर्कालाई उसकै मैदानमा ३–० को जित निकालेको हो ।
मलोर्कामा सोमबार राति भएको खेलमा रियलको जितमा एक गोल ब्राजिली भिनिसियस जुनियरको नाममा रह्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
यो सानदार जितसँगै रियलले शीर्षस्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । रियलको २८ खेलबाट ६६ अंक पुगेको छ । समान दखेलबाटै दोस्रो स्थानको रहेको सेभियाको ५६ अंक छ । पराजित मलोर्का २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।hamrokhelkud



