
मेचीनगर । सीप विकास तालिम केन्द्र भद्रपुर र काँकरभिट्टा खानेपानी संस्थाको संयुक्त आयोजनामा संचालन हुने तीन महिने प्लम्बिङ तालिमको आज उद्घाटन भएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले तालिमको उद्घाटन गरेका थिए । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित तालिम उद्घाटन कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजकुमार पराजुलीले गरेका थिए । कार्यक्रममा सीप विकास तालिम केन्द्र भद्रपुर निमित्त कार्यालय प्रमुख, काँकरभिट्टा खानेपानी संस्थाका सल्लाहकार संयोज हर्क फ्याक, मेचीनगर नगरपालिका वडा नं ५का अध्यक्ष योगेन थापा मगर , राप्रपा नेपालका शुसील आचार्य लगायतले मन्तव्य राखेका थिए । तालिममा १५ जना प्लम्बिङका प्रशिक्षार्थी रहेको संस्थाका कर्मचारी रघुनाथ खतिवडाले बताए ।




