सृजनाको चौतारी

भतिज रामलाललाई भन्दै थिए

कविता

हुरिले झरेका पात
हुरिले पात झारे जस्तै
बररररररर
नियुक्तीहरु झरे
कोहि ईधर गिरे
कोहि उधर गिरे
कोहि हावाले उडाएर
टुप्लुक्क
सात समुद्र पारी पुगे

 

बडका भलमंसा
भतिज रामलाललाई भन्दै थिए
रोग लागेका
सुखेका
कमजोर पात
हुरिले झर्छन

 

जनता कराउँदै छ्न
र भन्दै छ्न
तिम्रा हैन
राम्रो छान

 

जिम्वाल हरुले सुने पो
चासो राखे पो
जनता भन्दा
आसेपासेको
स्वार्थ पुर्ती गर्नु छ
एनि हाउ
चुनाव जित्नु छ
सत्ताको चासनी चाख्नु छ

 

कस्ता मान्छे छान्दा
देशको प्रतिष्ठा बढ्छ
हाम्रो इज्जत बढ्छ
त्यो सोच्ने फुर्सद, चासो
कसलाई छ ?

ज्याद्रा भएका छ्न सत्ताले मातेर
कुरा तर्कले जित्न न सक्ने
गुंडा शैलीमा
धम्काउंदै तर्साउंदै ठिक्क

 

देशको हालत हेर्दा
मुहम्मद गजनीले
सोमनाथको मंदिरमा
लुटपाट मचाए जस्तो

 

नेता चुन्नेहरु
चुनाव आउंदै छ
ईमानदार चुन
सत्य बोल्ने चुन
काम गर्न सक्ने चुन
देशलाई माया गर्ने चुन

जय नेपाल    (फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button