मूल खबर

कनकाईको मतगणनामा जेब्रा अगाडि ,बाह्रदशीमा अध्यक्षमा कांग्रेस अगाडि र हल्दिबारीमा अध्यक्षमा राप्रपाको अग्रता

मेचीनगर । कनकाई नगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले अग्रतालाई बढाउँदै लगेका छन् ।यो समाचार तयारपार्दा सम्म प्राप्त जानकारी अनुसार कनकार्ई नगरको

वडा नम्बर ९ र ८ को मतगणना जारी रहँदा ६५० मतको नतिजा सार्वजनिक गरिसकिएको निर्वाचन अधिकृत दिपक कोइरालाले बताए । ६५० मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट नगर प्रमुख पदमा २९१ मत ल्याएका छन् । दोस्रोमा सूर्यको १७३ मत आएको छ भने तेस्रो स्थानमा रहेको रुखले ६० मत पाएको छ । यसैगरी हलोको २५ मत आएको छ ।

त्यस्तै उपप्रमुखमा सूर्य २३० , रुख १८४ ,राप्रपा ४५, एकीकृत समाजवादीले २१ मत पाएको छ ।- वडा नं९ अध्यक्ष ,२९९ मत गणना गर्दा,
एमाले ः १४३, कांग्रेस ः९२ , स्वतन्त्र ः २३
वडा नं,८ अध्यक्ष ,३५० मत गणना गर्दा ०
एमाले ः १४९ , कांग्रेस ः ११६, राप्रपा ः ३२, स्वतन्त्र ः ७
बाह्रदशीमा अध्यक्षमा कांग्रेसको अगाडि

यसै गरि बाह्रदशीमा अध्यक्ष पदमा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता लिएको छ ।

वडा नं १ बाट मतगणना शुरु भएको हो । जम्मा ५०० गन्दा अध्यक्षमा रुख १३८,सूर्य १२४ हलो १०४ , उपाध्यक्षमा हलो १२८ ,सूर्य १३१ ,हसिया हथौडाले ५१ मत पाएको छ । त्यस्तै वडाध्यक्षमा हलो ६३ ,सूर्य १४१ ,रुख १४१ मत पाएको जनाइएको छ ।

हल्दिबारीमा अध्यक्षमा राप्रपाको अग्रता

३०१ मत गणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन् ।दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन्। जसको मत ११५ रहेको छ।त्यस्तै काँग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन्।

उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१ , स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ।वडा नं १ को वडाध्यक्षमा हलोको ८६,सूर्यको १२६,रुखको २८ ,हसिया हथौडाको २२ मत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button